News7 TV
आइतवार, बैशाख ६, २०८३ | April 19, 2026 |

क्रान्तिबाट संकटसम्म: कम्युनिष्ट आन्दोलनको साढे ७ दशकको यात्रा र २०८२ को जनअविश्वास

काठमाण्डौ ।

विरेन्द्र बाग: कंचनपुर ,बिहीबार ३ वैशाख/ नेपालका कम्युनिष्ट दलहरूले करिब सात दशक लामो राजनीतिक यात्रामा विचारको जन्मदेखि सत्ता प्राप्ति, सशस्त्र संघर्षदेखि संवैधानिक रूपान्तरण सम्मका महत्वपूर्ण चरण पार गरेका छन्। तर यही आन्दोलन २०८२ फागुन २१ को प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा गम्भीर संगठनात्मक कमजोरी, नेतृत्व संकट र जनविश्वासको गिरावटको अवस्थासम्म पुगेको छ।

२००६ साल (१९४९) मा नेपाल कम्युनिष्ट पार्टी को स्थापना भएपछि सुरु भएको यो आन्दोलनले नेपालमा वैचारिक राजनीति, वर्गीय आन्दोलन र सत्ता संघर्षको नयाँ अध्याय सुरु गरेको थियो।
प्रारम्भिक चरण: विचार र संघर्षको बीजारोपण (२००६–२०१७)
कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ ले राणा शासनविरुद्ध वैचारिक आन्दोलनको आधार तयार गरे। प्रारम्भिक चरणमा आन्दोलन कमजोर संगठन, राज्यको कठोर दमन र सीमित नेतृत्व संरचनाका कारण संस्थागत रूपमा स्थापित हुन सकेन। “विचार जन्मिएको तर संगठन नबनिसकेको कालखण्ड” भनेर विश्लेषकहरूले व्याख्या गरेका छन्।

विभाजन र वैचारिक विस्तार (२०१७–२०४६) : पञ्चायती व्यवस्थाको समयमा कम्युनिष्ट आन्दोलन विभिन्न समूहमा विभाजित भयो माले, मसाल, मशाल लगायत।यसै अवधिमा मदन भण्डारी ले “जनताको बहुदलीय जनवाद” प्रस्तुत गर्दै कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक प्रतिस्पर्धामा प्रवेश गराए। यसले आन्दोलनलाई वैचारिक रूपमा बलियो बनायो, तर संगठनात्मक एकता भने कायम हुन सकेन।

बहुदलीय लोकतन्त्रपछि सत्ता प्रवेश (२०४६–२०५२) :
२०४६ को जनआन्दोलनपछि कम्युनिष्टहरू खुला राजनीतिक प्रतिस्पर्धामा प्रवेश गरे।मनमोहन अधिकारीले २०५१ सालमा पहिलो जननिर्वाचित कम्युनिष्ट सरकार गठन, सामाजिक न्यायमुखी नीति कार्यान्वयन प्रयास गरे। तर अस्थिर सरकार
दीर्घकालीन राजनीतिक स्थायित्व कायम गर्न सकेनन्।
सशस्त्र द्वन्द्व र राज्य पुनर्संरचना (२०५२–२०६३) मा पुष्पकमल दाहाल नेतृत्वमा सुरु भएको नेपालको माओवादी जनयुद्धले नेपालमा राज्य संरचना नै परिवर्तन गर्ने गहिरो प्रभाव पार्‍यो।
सफलता: राजतन्त्र अन्त्यको राजनीतिक आधार निर्माण र गणतन्त्र स्थापनाको मार्ग प्रशस्त गरे  तर करिब १७,००० भन्दा बढीको मृत्यु भयाे। सामाजिक ध्रुवीकरण र दीर्घकालीन मानवीय क्षति भयो । शान्ति प्रक्रिया र संविधान निर्माण (२०६३–२०७२) शान्ति सम्झौतापछि कम्युनिष्ट दलहरू मूलधारको राजनीतिमा प्रवेश गरे। सँगै  मुख्य नेतृत्व भने केपी शर्मा ओली ,पुष्पकमल दाहाल प्रचण्ड ले नैं गरे

संविधानसभा गठन २०७२ को संविधान निर्माण ,राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्यो । तर सत्ता गठबन्धन अस्थिर आन्तरिक प्रतिस्पर्धा र नेतृत्व विवाद बढ्दो गर्दैै गयो।

ऐतिहासिक एकता र विघटन (२०७४–२०७८) : २०७४ को निर्वाचनपछि एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गर्यो। करिब दुईतिहाइ बहुमत प्राप्त इतिहासकै सबैभन्दा शक्तिशाली कम्युनिष्ट सरकार गठन  तर,ओली–प्रचण्डबीच तीव्र शक्ति संघर्ष पार्टी सञ्चालनमा अविश्वास निर्णय प्रक्रियामा गम्भीर विवाद हुँदा २०७८ मा सर्वोच्च अदालतको निर्णयपछि पार्टी विघटन भयाे। यो चरण कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो संगठनात्मक असफलता हो।

विघटनपछि कमजोर शक्ति र जनअविश्वास (२०७८–२०८२)
पार्टी विभाजनपछि:नेकपा एमाले, नेकपा माओवादी केन्द्र
अलग–अलग राजनीतिक प्रतिस्पर्धामा प्रवेश गरे।
नेकपा माओवादी केन्द्र नेकपा एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादी सहितका १७ दल एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी बनाएर प्रचण्डको सयोजगत्वमा फागुन २१ को निर्वाचनमा होमिए।
भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलन पछि कम्युनिस्ट पार्टी प्रतिको विश्वास ह्वात्तै घट्यो। निर्वाचनमा भाग लिँदा नेकपा एमाले बाट केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको क्यान्डिडेट बनाएर अघि सारे भने नेपाली कम्युनिस्ट पार्टी जुन चुनाव चिन्ह तारा लिएर चुनावमा भाग लिएका थिए नेपाली कम्युनिस्टले पुष्पकमल दाहाल प्रचण्ड लाई नै प्रधानमन्त्रीको क्यान्डेट बनाएर निर्वाचनमा हामी
निर्वाचनको नतिजापछि कम्युनिस्टहरू नमज्जाले पराजय भोग्नुपर्यो। जसको फलस्वरूप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै पराजय भए भने १७ हरु एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने विजय हासिल गरे।
अहिले संसदमा कम्युनिस्टहरू को सङ्ख्या औँलामा गन्न सकिने अवस्था पुगेको छ। यसको मुख्य कारण भनेको पार्टीको नेतृत्व र प्रधानमन्त्रीको क्यान्डिडेट पुरानै अनुहार भएको कारण
महँगी र बेरोजगारीको समस्या, सहकारी तथा आर्थिक अनियमितता सम्बन्धी विवाद, सुशासनप्रतिको जनअसन्तुष्टि,युवाको तीव्र विदेश पलायन
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी जस्ता नयाँ शक्तिहरूले वैकल्पिक राजनीतिक एजेन्डा प्रस्तुत गर्दै विशेषगरी युवा र शहरी मतदातामा उल्लेखनीय प्रभाव विस्तार गरे।

नेतृत्व, संगठन र जनविश्वासको संकट : नेपालको कम्युनिष्ट आन्दोलनको सम्पूर्ण इतिहासलाई विश्लेषण गर्दा तीन प्रमुख समस्या स्पष्ट देखिन्छन्
१. नेतृत्व संकट : पुष्पलालदेखि ओली–प्रचण्डसम्म नेतृत्वले आन्दोलनलाई विस्तार गरे पनि स्थायित्व दिन सकेनन्।
२. संगठनात्मक अस्थिरता: विभाजन, पुनः एकता र पुनः विघटनको चक्रले संगठनलाई कमजोर बनायो।
३. जनअपेक्षा पूरा गर्न असफल : सत्ता प्राप्त भए पनि रोजगारी, सुशासन र आर्थिक स्थायित्वमा अपेक्षित सुधार देखिएन।

“विचार बलियो थियो, आन्दोलन ठूलो भयो, सत्ता प्राप्त भयो, तर नेतृत्वले एकता र सुशासन जोगाउन नसक्दा कम्युनिष्ट आन्दोलन जनअविश्वासको चरणमा पुगेको हो।”
२०८२ फागुन २१ को निर्वाचन परिणामलाई कुनै आकस्मिक राजनीतिक घटना नभई दशकौँ लामो राजनीतिक प्रक्रियाको स्वाभाविक परिणामका रूपमा राजनीतिक विश्लेषकहरूले विश्लेषण गरिएको छ। अब कम्युनिष्ट आन्दोलनले आत्मसमीक्षा गर्दै नयाँ राजनीतिक रूप लिन्छ, वा इतिहासकै उतार चढावको पुरानो चक्र पुनः दोहोरिन्छ यो प्रश्न खुला छ, तर संकेत भने स्पष्ट हुँदै गएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.