News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

नुहाउने क्रममा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी बेपत्ता

User Photo
मङ्लबार, बैशाख ८, २०८३
काठमाण्डौ ।

विरेन्द्र बाग : कञ्चनपुर , महाकाली नदीमा नुहाउने क्रममा सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत एक विद्यार्थी बेपत्ता भएका छन्। मंगलबार साँझ अछाम घर भई भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्दै आएका २५ वर्षीय मनिष कुँवर नदीमा डुबेर बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीका अनुसार कुँवर साथीहरूसँग नुहाउन गएका बेला अचानक नदीको गहिरो भागमा तानिएर बेपत्ता भएका हुन्। “घटना लगत्तै खोज तथा उद्धार कार्य सुरु गरिएको छ,” शाहीले भने, “प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा विभिन्न स्थानमा खोजी भइरहेको छ।”

प्रारम्भिक विवरणले नदीको तीव्र बहाव र असमान गहिराइलाई घटनाको सम्भावित कारणका रूपमा देखाएको छ। महाकाली नदीको स्वरूप स्थानअनुसार एकनास नभएकाले सामान्य देखिने सतहभित्रै गहिरा खाल्डा र तीव्र धार हुन सक्ने सुरक्षा निकायले  जानकारी दिनु भयो।
कुँवर सुदूरपश्चिम विश्वविद्यालयमा कानून विषय अध्ययनरत विद्यार्थी हुन्। अध्ययनसँगै भविष्यका योजना बुन्दै गरेका एक युवाको अचानक बेपत्ता हुनु परिवार, साथीभाइ र सुदूरपश्चिम विश्वविद्यालय कानुन विभागको लागि गम्भीर धक्का बनेको छ।

महाकाली नदीमा पछिल्लो समय डुब्ने घटनाहरू दोहोरिनु चिन्ताको विषय बनेको छ। बैशाख १ गते मात्रै शुक्लाफाँटा नगरपालिका–७ का प्रकाशबहादुर सिंह पनि यही नदीमा डुबेर बेपत्ता भएका थिए। उक्त घटनामा समेत हालसम्म कुनै ठोस उपलब्धि नआएको प्रहरी स्रोतले जानकारी दिनु भएको छ।
लगातार भइरहेका यस्ता घटनाले नदी किनारको सुरक्षा व्यवस्थापन, जोखिम क्षेत्रको पहिचान र सार्वजनिक सचेतनाको प्रभावकारिता माथि प्रश्न उठाएको छ। विशेषगरी गर्मीयाममा नदीमा नुहाउने, पौडी खेल्ने तथा घुम्न जानेको संख्या बढ्ने भएकाले जोखिम झन् उच्च हुने गर्दछ।
सुरक्षा निकायका अधिकारीहरूका अनुसार नदीमा प्रवेश गर्दा गहिराइ, बहावको गति र भौगोलिक अवस्थाबारे पूर्वजानकारी नहुनु यस्ता घटनाका मुख्य कारण हुन्। “नदी शान्त देखिए पनि भित्रको धार अत्यन्त जोखिमपूर्ण हुन सक्छ,” एक सुरक्षा अधिकारीले भने, “सावधानी र सतर्कता नै यस्ता दुर्घटना रोक्ने प्रमुख उपाय हो।”

स्थानीय तह र प्रशासनले जोखिमयुक्त स्थानहरूमा चेतावनी संकेत, निगरानी तथा जनचेतना कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.