चिलिमे हाइड्रोपावरको सुरुङमा माननीय सागर ढकाल, मा. श्रीराम नेउपाने, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सेनासहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।
उक्त सुरुङभित्र ६ जना जीवित रहेको सम्भावना रहेको बताइएको छ। विद्युत् प्राधिकरणका १ जना र हाइड्रोपावरका ५ जना गरी ६ जना सुरुङभित्र रहेको र उनीहरू जीवितै रहेको सम्भावनाका आधारमा उद्धार टोलीले खोजीलाई तीव्रता दिएको जनाइएको छ।
हालसम्म सुरुङको करिब १५० देखि १६० मिटर भाग जलमग्न रहेको बताइएको छ। पानीको सतह घटाउन पम्पमार्फत निरन्तर पानी बाहिर निकाल्ने काम भइरहेको छ।
उद्धार टोलीले सुरुङभित्रको पानीको सतह घटाउँदै आवश्यक उपकरण तथा प्रविधिको प्रयोग गरी खोज तथा उद्धार कार्य अघि बढाइरहेको छ। सुरुङभित्र २४ सै घण्टा संयुक्त रूपमा खोज तथा उद्धार कार्य भइरहेको बताइएको छ।



