News7 TV
शुक्रबार, अशोज २, २०८३ | September 18, 2026 |

आईजीपी विवादमा नाम जोडेर प्रकाशित भ्रामक समाचारप्रति डीआईजी खत्रीको आपत्ति, कानुनी उपचारमा जाने चेतावनी

सोमवार, भदौ २९, २०८३
काठमाण्डौ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले आफूविरुद्ध कपोलकल्पित तथा तथ्यहीन आरोपसहित समाचार प्रकाशित भएको भन्दै कडा आपत्ति जनाएका छन्।

‘स्कुप खबर’ नामक अनलाइनमा प्रकाशित ‘आईजीपीविरुद्ध निरन्तर प्रहार, कतै खगेन्द्र सुनार परिचालित त छैनन् ?’ शीर्षकको समाचारप्रति ध्यानाकर्षण जनाउँदै डीआईजी खत्रीले उक्त समाचारमा आफ्नो नाम जोडेर लगाइएका आरोपहरू पूर्णतः भ्रामक, मनगढन्ते र आधारहीन भएको स्पष्ट पारेका छन्।

प्रेस विज्ञप्तिमार्फत खत्रीले आफूले लामो समयदेखि प्रहरी संगठनमा व्यावसायिक इमानदारी, निष्ठा, अनुशासन र जिम्मेवारीपूर्वक काम गर्दै आएको बताएका छन्। संगठनको हित र आफ्नो जिम्मेवारीप्रति आफू सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आफ्नो निष्कलंक छवि र व्यावसायिक निष्ठामाथि प्रश्न उठाउने उद्देश्यले कपोलकल्पित सामग्री सार्वजनिक गरिएकोप्रति दुःख व्यक्त गरेका छन्।

‘आफ्नो पेशागत जीवन पारदर्शी छ, संगठनप्रतिको समर्पण र निष्ठामा कुनै प्रश्न उठ्ने अवस्था छैन,’ खत्रीले विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले समाचारमा उल्लेख गरिएका विषयवस्तुमा कुनै सत्यता नरहेको भन्दै आम पाठक तथा सरोकारवालालाई तथ्य पुष्टि नगरी भ्रामक सामग्रीको विश्वासमा नपर्न आग्रह गरेका छन्।

साथै, आफ्नो व्यक्तिगत तथा व्यावसायिक प्रतिष्ठामा आँच पुर्‍याउने गरी प्रकाशित सामग्रीविरुद्ध कानुनी उपचारको बाटो अवलम्बन गर्ने चेतावनीसमेत खत्रीले दिएका छन्।

जिम्मेवार प्रहरी अधिकारीको छवि बनाएका खत्रीले आफूविरुद्ध फैलाइएको भ्रमको प्रतिवाद गर्दै तथ्य र प्रमाणका आधारमा विषय स्पष्ट पार्ने बताएका छन्।

# आईजीपी # कानुनी उपचार # प्रहरी नायव महानिरीक्षक # भूपेन्द्रबहादुर खत्री # भ्रामक समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.