News7 TV
शुक्रबार, अशोज २, २०८३ | September 18, 2026 |

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सोमवार, भदौ १५, २०८३
काठमाण्डौ ।

कञ्चनपुर। कैलालीको गेटामा अवस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले सञ्चालन गर्ने स्वास्थ्य विज्ञानसम्बन्धी शैक्षिक कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेश सरकार मातहतका चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता भएको छ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच आगामी २० वर्षका लागि सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, लम्कीचुहा प्रादेशिक अस्पताल र टीकापुर प्रादेशिक अस्पताललाई विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनका लागि शिक्षण अस्पतालका रूपमा प्रयोग गरिनेछ।

सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाको प्रमुख आतिथ्य तथा विश्वविद्यालयका उपकुलपति प्रो.डा. सुनिलकुमार जोशीको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो। सम्झौतामा सामाजिक विकास मन्त्रालयका तर्फबाट निमित्त प्रदेश सचिव डा. निरज अर्याल, विश्वविद्यालयका तर्फबाट रजिस्ट्रार डा. भीमबहादुर चन्द तथा सम्बन्धित प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्टहरूले हस्ताक्षर गरेका छन्। अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरूको समेत उपस्थिति थियो।

सम्झौतासँगै यसै वर्षदेखि MBBS लगायत स्वास्थ्य विज्ञानका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बाटो खुलेको विश्वविद्यालयले जनाएको छ। उपकुलपति जोशीले आगामी असोज महिनादेखि नै कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेशप्रसाद पन्तले सम्झौता सुदूरपश्चिमको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनको अपेक्षा व्यक्त गरेका छन्।

उनले सम्झौता हस्ताक्षरमा मात्र सीमित नभई कार्यान्वयनका क्रममा देखिने समस्या र चुनौती समाधान गर्दै यसलाई सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रका लागि ‘कोसेढुङ्गा’ साबित गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.