कञ्चनपुर । एन–प्याब्सन बेदकोटद्वारा आयोजित वक्तृत्व कला प्रतियोगिता शुक्रबार जयशंकर सामुदायिक वन, दैजीमा सम्पन्न भएको छ। प्रतियोगितामा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह गरी १० वटा विद्यालयको सहभागिता रहेको थियो।
एन–प्याब्सन बेदकोट पालिका कमिटी अध्यक्ष केशवदत्त जोशीको अध्यक्षता तथा बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा एन–प्याब्सन केन्द्रीय सदस्य झंकरराज जोशीको विशिष्ट आतिथ्यता रहेको थियो भने अमृतकुमार बोहरा संयोजक रहनुभएको थियो।
प्रतियोगितामा विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीहरू यसप्रकार छन् :
प्राथमिक तह प्रथम: श्रीकृष्ण एकेडेमीकी अञ्जली भट्ट
द्वितीय: बाल विद्या निकेतन, बैतडाकी नेहा ओड
तृतीय: आशीर्वाद विद्या निकेतन, जडेपानीकी शिला भण्डारी
सान्त्वना: मोडर्न पब्लिक एकेडेमीकी करिश्मा बोहरा
निम्न माध्यमिक तह प्रथम: जगदम्बा एकेडेमी, धरमपुरकी प्रिय भट्ट
द्वितीय: गीताञ्जली पब्लिक स्कुल, बगुनकी जेनिसा भट्ट
तृतीय: च्याम्पियन इन्टरनेसनल एकेडेमीकी कृतिका पन्त
सान्त्वना: डिभाइन एकेडेमी, गाउजीकी अनुजा माल
माध्यमिक तह प्रथम: क्यास्पियन एकेडेमी, दैजीका पवन भट्ट
विद्यार्थीहरूको वक्तृत्व क्षमता, आत्मविश्वास तथा सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले विभिन्न विषयमा आफ्नो वक्तृत्व कला प्रस्तुत गरेका थिए।


