News7 TV
शुक्रबार, अशोज २, २०८३ | September 18, 2026 |

सी.सी.एस विद्यालयमाCAPN संस्थाद्वारा विद्यार्थीका लागि एकदिने तालिम सम्पन्न ।

शुक्रबार, भदौ २६, २०८३
काठमाण्डौ ।


धनगढी — नागरिकता र जन्मदर्तासम्बन्धी आधारभूत जानकारी प्रदान गर्दै जिम्मेवार नागरिक बन्ने चेतना विकास गर्ने उद्देश्यले धनगढीस्थित Crescent City School (CCS) मा कक्षा ७ का विद्यार्थीहरूका लागि एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
Citizenship Affected People’s Network (CAPN) को आयोजनामा सम्पन्न कार्यक्रममा कक्षा ७ का ७५ जना विद्यार्थी सहभागी थिए। कार्यक्रममा विद्यार्थीहरूलाई जन्मदर्ताको महत्व, प्रक्रिया, नागरिकता प्राप्तिको आधारभूत प्रक्रिया, कानुनी पहिचान तथा नागरिकका अधिकार र जिम्मेवारीबारे जानकारी प्रदान गरिएको थियो।
दिनभर सञ्चालन भएको कार्यक्रममा विषयवस्तुलाई विद्यार्थीहरूका लागि सहज र रोचक बनाउन विभिन्न खेल, प्रश्नोत्तर, अन्तरक्रिया तथा सहभागितामूलक गतिविधि सञ्चालन गरिएको थियो। यसबाट विद्यार्थीहरूले नागरिकता र जन्मदर्ताजस्ता महत्वपूर्ण विषयलाई व्यवहारिक रूपमा बुझ्ने अवसर प्राप्त गरेका थिए।
CAPN ले नागरिकताको अधिकार, कानुनी पहिचान तथा नागरिकतासम्बन्धी जनचेतना र पैरवीका क्षेत्रमा काम गर्दै आएको छ। यस्ता कार्यक्रममार्फत बालबालिका तथा समुदायमा जन्मदर्ता, नागरिकता र आफ्नो अधिकारप्रति सचेतना अभिवृद्धि गर्ने प्रयाससमेत गर्दै आएको छ।
विद्यालयका प्रधानाध्यापक अर्जुन नाथले विद्यार्थीहरूले आजको कार्यक्रममा प्राप्त गरेको ज्ञानलाई आफूमा मात्र सीमित नराखी परिवार तथा समुदायमा समेत बाँड्नुपर्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अझ सचेत बनाउनुका साथै आफूले जानेका कुरा अरूलाई सिकाउने, सहयोग गर्ने र समाजप्रति जिम्मेवार बन्ने सहयोगी भावना तथा सकारात्मक सोचको विकासमा योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमले विद्यार्थीहरूलाई पाठ्यपुस्तकभन्दा बाहिरको जीवनोपयोगी ज्ञान प्रदान गर्नुका साथै सचेत, जिम्मेवार र सहयोगी नागरिक बन्ने सोच विकास गर्ने अवसर दिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.