News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

कलमबाट संसदसम्म: सञ्चारमन्त्री जगदीश खरेल चुनावी मैदानमा

User Photo
शनिबार, माघ ४, २०८२
काठमाण्डौ ।

 

विरेन्द्र बाग: माघ ३ , सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने घोषणा गरेका छन्।

नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले “चुनावपछि संसदमा पुगेर जनताको आवाज नीति र कानुनमा रुपान्तरण गर्ने चाहना” व्यक्त गरे। साथै, सरकारले तोकिएकै समयमा निष्पक्ष र पारदर्शी निर्वाचन गराउने प्रतिबद्धता पनि उनले दोहोर्‍याए।

भाद्र २३–२४ गतेको जेंजी आन्दोलनपछि शुसिला कार्की नेतृत्वको सरकारमा प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेका खरेल, सत्ता केन्द्रित राजनीतिभन्दा बढी संवाद, विवेक र स्पष्टताको प्रतीकका रूपमा चिनिन्छन्।

दुई दशकभन्दा बढी समय सञ्चार क्षेत्रमा सक्रिय खरेल, जनताका मुद्दालाई निर्भीकतापूर्वक उठाउने इमेज टिभीको लोकप्रिय कार्यक्रम “Hot Seat” का चर्चित प्रस्तोता हुन्। सत्तामा बसेकालाई असहज बनाउने, तर सत्यतर्फ उन्मुख गराउने गहन र चोटिलो प्रश्न सोध्ने पत्रकारको छवि नै उनको पहिचान बनेको छ।

 

राजनीतिमा प्रवेश गर्दा पनि उनले सत्ता होइन, सेवा लाई केन्द्रमा राखेका छन्। पत्रकारिताबाट आर्जित उत्तरदायित्व, पारदर्शिता र जवाफदेहिता संसदमा संस्थागत गर्ने दृढ संकल्प उनको राजनीतिक यात्राको आधार हो।

 

हाल चुनाव लड्ने मनसाय बनाइसकेका खरेलले कुन क्षेत्रबाट उम्मेदवारी दिने भन्ने विषय भने अझै टुंग्याएका छैनन्। तर, जहाँबाट लड्दा पनि सत्य बोल्ने, गलतसँग सम्झौता नगर्ने र जनताको पक्षमा अडिग रहने उनको चरित्र नबदलिनेमा समर्थकहरू विश्वस्त छन्।

कलमबाट सुरु भएको यात्रा अब संसदसम्म पुर्‍याउने तयारीमा रहेका जगदीश खरेल, आशा र भरोसाको नयाँ राजनीतिक अनुहारका रूपमा उदाइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.