News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

घटाल बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन, शिक्षाको गुणस्तर अभिवृद्धिमा जोड

शुक्रबार, असार २६, २०८३
काठमाण्डौ ।

 

सन्तोष धानुक ,असार २६ बेदकोट / कञ्चनपुरको बेदकोट घटाल बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रम शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नारायण बोहराको सभापतित्व तथा बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा क्याम्पसका संस्थापक अध्यक्ष हरि बोहरा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको सञ्चालन बीबीएस तृतीय वर्षकी छात्रा पूजा साउदले गर्नुभएको थियो।

 

कार्यक्रममा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका उदयदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक गजेन्द्र के.सी., घटाल माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर शर्मा, भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक रणबहादुर दौल्याल तथा बालजागृति विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर चन्दलाई सम्मान गरिएको थियो। क्याम्पसको तर्फबाट विशिष्ट अतिथि हरि बोहरा तथा प्रमुख अतिथि भोजराज बोहरालाई समेत अभिनन्दन गरिएको थियो।

स्वागत मन्तव्यका क्रममा क्याम्पस प्रमुखले घटाल बहुमुखी क्याम्पसलाई प्रविधिमैत्री, अनुसन्धानमुखी तथा डिजिटल शिक्षाको नमुना क्याम्पसका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीबीए कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै आगामी शैक्षिक सत्रदेखि सामादैजी र सुडा दुवै केन्द्रबाट नियमित पठनपाठन सञ्चालन गरिने उल्लेख गर्नुभयो। साथै, औपचारिक शिक्षासँगै कम्प्युटर, डिजिटल सीप, एप्लिकेसन तथा वेबसाइट विकासलगायतका व्यावसायिक तथा सीपमूलक कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई दक्ष, सिर्जनशील र प्रतिस्पर्धी जनशक्ति बनाइने योजना प्रस्तुत गर्नुभयो।

क्याम्पसको समग्र विकासका लागि आफू आगामी दश वर्षसम्म प्रत्येक दिन कम्तीमा १२ घण्टा समय समर्पित गरेर काम गर्न तयार रहेको बताउँदै उहाँले अभिभावक, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, स्थानीय तह तथा शुभेच्छुकहरूको साथ र विश्वास अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै बैजनाथ माध्यमिक विद्यालय, जडेपानीका प्रधानाध्यापकले बेदकोट नगरपालिकालाई उच्च शिक्षाको केन्द्रका रूपमा विकास गर्न सबै सरोकारवालाबीच सहकार्य र एकता आवश्यक रहेको बताउनुभयो। बालजागृति विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर चन्दले निजी क्षेत्रमा आबद्ध भए पनि सामुदायिक विद्यालय तथा क्याम्पसहरूको विकासका लागि आवश्यक सहयोग गर्न सदैव तत्पर रहने प्रतिबद्धता जनाउनुभयो।

विशिष्ट अतिथि हरि बोहराले क्याम्पसको शैक्षिक, भौतिक तथा संस्थागत विकासमा आफू निरन्तर साथ रहने विश्वास दिलाउनुभयो। प्रमुख अतिथि एवं नगरप्रमुख भोजराज बोहराले छोटो अवधिमै क्याम्पसले हासिल गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै नगरपालिकाबाट आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्य जारी रहने बताउनुभयो।

समापन मन्तव्यका क्रममा सभापति नारायण बोहराले घटाल बहुमुखी क्याम्पसलाई जिल्लाकै उत्कृष्ट सामुदायिक उच्च शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य दोहोर्याउँदै दिगो विकासका लागि सबै पक्षको साझा प्रयास, एकता र सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.