News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

रास्वपाभित्र टिकट विवाद चुलियो, कैलाली–५ बाट इश्वरी बिष्टको विद्रोही उम्मेदवारी

User Photo
सोमवार, माघ ६, २०८२
काठमाण्डौ ।

 

विरेन्द्र बाग: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र उम्मेदवार छनोट प्रक्रिया अपारदर्शी र बन्द कोठे भएको आरोपसहित असन्तुष्टि सतहमा आएको छ। स्थानीय तहबाट सिफारिस भएका नेताहरूलाई बेवास्ता गर्दै सिफारिसमै नपरेका व्यक्तिलाई टिकट दिइएको भन्दै कैलाली क्षेत्र नम्बर–५ बाट २०७९ सालका उम्मेदवार इश्वरी बिष्टले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

कैलाली–५ बाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र रूपमा मैदानमा उत्रिने घोषणा गर्दै बिष्टले पार्टीभित्रको बन्द कोठामा हुने राजनीतिलाई सिधै अस्वीकार गरेका छन्।

“म चुनाव आउँदा मात्र देखिने अनुहार होइन,” बिष्टले भने, “सडक, खेत, बस्ती र गाउँ–टोलमै जनतासँगै संघर्ष गर्दै आएको, जनताको दुःख–सुखमा सधैं उभिने प्रतिनिधि हुँ।”

जनताको पसिनाको गन्ध बुझेको, पीडाको आवाज बोकेको र निरन्तर संघर्षबाट यहाँसम्म आइपुगेको दाबी गर्दै उनले अब कैलाली–५ लाई भाषण होइन, काम गर्ने प्रतिनिधि चाहिएको स्पष्ट पारे।

“आश्वासन होइन, उत्तरदायी नेतृत्व आजको आवश्यकता हो,” बिष्टको जोड छ।

स्वतन्त्र उम्मेदवारीको घोषणासँगै उनले आफ्ना साथी, शुभेच्छुक तथा क्षेत्रवासी दाजुभाइ–दिदीबहिनीहरूलाई एकताबद्ध साथ, सक्रिय सहयोग र बलियो समर्थनका लागि खुला आह्वान गरेका छन्।

“तपाईंहरूको साथले पुरानो राजनीतिक संस्कार तोड्नेछ, भ्रष्टाचार र बेवास्ताको अन्त्य गर्नेछ र कैलाली–५ मा वास्तविक परिवर्तनको ढोका खोल्नेछ,” उनले विश्वास व्यक्त गरे।

रास्वपाभित्र टिकट वितरणलाई लिएर कैलालीसहित विभिन्न जिल्लामा बढ्दो असन्तुष्टिको संकेतका रूपमा बिष्टको स्वतन्त्र उम्मेदवारीलाई हेरिएको छ, जसले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.