News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

बझाङ्गमा आगलागीः घर जलेर नष्ट, गोठमा बाँधिएको भैंसी पनि जलेर मृत्यु

User Photo
बुधबार, बैशाख २, २०८३
काठमाण्डौ ।

 

विरेन्द्र बाग: वैशाख २, बझाङ्ग जिल्लाको मष्टा गाउँपालिका वडा नं. ५ मा आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने गोठमा बाँधिएको भैंसी जलेर मरेको छ।

स्थानीय गगन बहादुर बोहरा र मीन बहादुर बोहराको घरमा अचानक आगलागी भएको हो। आगलागीबाट घरभित्र रहेका अन्न, लत्ताकपडा तथा अन्य सरसामान पूर्णरूपमा नष्ट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

आगलागीको कारण भने अझै खुल्न सकेको छैन। घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ।

घटनापछि वडा अध्यक्षसहितको टोली राहत सामग्री लिएर घटनास्थलतर्फ गइसकेको छ। पीडित परिवारको अवस्था अत्यन्त दयनीय बनेको छ भने तत्काल राहत तथा पुनःस्थापनाको आवश्यकता देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.