News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

“एमालेको ११औँ महाधिवेशनमा सचिवको मुख्य दाबेदार  सुदूरपश्चिमको निर्णायक नाम ऐन महर”

User Photo
आइतवार, मंसिर २२, २०८२
काठमाण्डौ ।

विरेन्द्र बाग: नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रदेखि प्रदेशसम्म पदाधिकारी चयनको बहस तीव्र बन्दै गएको छ। पार्टीले पदाधिकारी संख्या घटाएर १५ मा सीमित गर्ने तयारीसँगै ‘को—कुन पदमा?’ भन्ने शक्ति–समीकरण झनै संवेदनशील बनेको छ। यही संवेदनशीलता, सन्तुलन र पुस्तान्तरणको बहसबीच सुदूरपश्चिम प्रदेशबाट सचिव पदका लागि युवा नेता ऐन महर सबैभन्दा चर्चित, विश्वसनीय र प्रभावशाली दाबेदारको रूपमा उभिएका छन्।

सुदूरपश्चिममा सचिव पदको प्रतिस्पर्धा निकै चर्को छ—एकातिर पुराना नेतातर्फको अनुभव, अर्कोतिर नयाँ पुस्ताको दाबी। तर यी दुई ध्रुवबीच ऐन महर ‘सन्तुलित, स्वाभाविक र संगठनमैत्री विकल्प’का रूपमा तीव्रतापूर्वक उभिँदै आएका छन्। विद्यार्थी आन्दोलनको लहरमै सँगसँगै बढेका, अनेरास्ववियुका पूर्व अध्यक्षका रूपमा देशभर छुट्टै पहिचान बनाइसकेका महर अहिले युवा नेतृत्वको प्रतिनिधि मात्र होइन—पार्टीभित्र पुस्तान्तरण र परिवर्तनको मुहारका रूपमा पनि देखिँदैछन्।

एमालेभित्र हालै तीव्र बनेको “युवालाई नेतृत्वमा ल्याउनैपर्छ” भन्ने बहसले महरको दाबी झनै बलियो बनाएको छ। वरिष्ठ नेताहरूले पनि युवा अनुहारहरूलाई जिम्मेवारी हस्तान्तरण गर्ने संकेत दिइरहेका बेला महर—संगठनको हरेक तहमा सक्रिय, जनसंपर्क बलियो, र भूगोलदेखि विचारसम्म सन्तुलन समेट्न सक्षम नाम—सबैभन्दा अगाडि देखिन्छन्। सुदूरपश्चिममा भूगोलिक प्रतिनिधित्व र नेतृत्वमा पुस्तान्तरण दुवै सन्तुलन मिलाउने नाम महर बाहेक को हुन सक्छ? भन्ने धारणा तीव्र गतिमा फैलिएको छ।

उनको संगठनिक पहुँच प्रदेशका अधिकांश जिल्लामा दह्रिलो छ। विद्यार्थी राजनीति, युवा संगठन, प्रवास, क्याम्पस र स्थानीय तहसम्म उनको सञ्जाल अन्य दाबेदारभन्दा निकै फराकिलो मानिन्छ। यही नेटवर्क, निष्ठा, खटाइ र नेतृत्वसँगको निरन्तर संवादले महरलाई केन्द्रिय निर्णय–वृत्तमा अझ नजिक पुर्‍याएको छ।

केन्द्रिय सदस्यसम्मको यात्रा पूरा गरिसकेका महर अहिले फेरि ‘महाधिवेशनको सबैभन्दा निर्णायक जिम्मेवारी’का लागि मुख्य विमर्शको केन्द्र बनेका छन्। परिपक्वता, व्यवहारिकता, सन्तुलित स्वभाव र संगठनगत अनुभवका कारण महर आफ्नो पुस्तामै सबैभन्दा सक्षम विकल्पका रूपमा स्थापित हुँदैछन्।

सुदूरपश्चिमबाट सचिवका आकाङ्क्षी धेरै भए पनि हालको बहस महरमै केन्द्रित देखिन्छ। कर्ण थापा, दामोदर भण्डारी, नारदमुनि राना जस्ता नामहरू प्रतिस्पर्धामा भए पनि ‘युवा पुस्ता + सुदूरपश्चिम + संगठनिक गहिराइ + भविष्यको संरचना’ यी चारै आधारमा चाहिने पात्र महर नै हुन् भन्ने धारणा बलियो बन्दैछ। महरको लोकप्रियता केवल युवामा सीमित छैन; वरिष्ठ नेताहरूले समेत उनको संयम, संवाद क्षमता र संगठन चलाउने कौशलप्रति उच्च विश्वास राख्ने गरेको देखिन्छ।

अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनलाई विवादरहित, सन्तुलित र एकढिक्का बनाउने चाहना राखेको चर्चा छ। यस्तो मोडेलमा पुरानो–नयाँ पुस्ताको सन्तुलन अत्यावश्यक हुन्छ, जुन महरले सहजै प्रतिनिधित्व गर्न सक्छन्। सहमतिमै सचिव चयन भए महर अट्ने सम्भावना धेरै नेताहरूले प्रस्ट रूपमा व्यक्त गरिरहेका छन्। निर्वाचनमा गए पनि महरले बनाइरहेको संगठनिक वातावरण, युवाको लहर, विद्यार्थी संगठनको शक्ति र नेतृत्वको सकारात्मक संकेतका आधारमा उनी बलियो प्यानलसहित चुनावी मैदानमा उत्रिने निश्चितजस्तै देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.