News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

गाडी ,भटियो ,भेटिएनन दुर्गा प्रसाई

शुक्रबार, चैत्र २१, २०८१
काठमाण्डौ ।

काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन हिसांत्मक भएपछि भारततर्फ जादैं गरेको सुचना पाएर पनि प्रहरीले गाडी भेटेर पनि दुर्गा प्रसाईलाई भेटन असफल भएको छ । काठमाण्डौमा प्रहरीले खोज्न थालेपछि साँगा हुदैं बर्दिवास तर्फ जादै गरेको सुचना पाउँदा समेत प्रहरीले दुर्गा प्रसाईंलाई नभेटेको भन्दै चढेर भागेको गाडी नियन्त्रणमा लिएको हो । ईटहरीबाट समातेको बिएबी ४२०८ नम्बरको एसयुभी अहिले प्रहरीले नियन्त्रणमा लिएर काठमाण्डौ ल्याईसकेको छ ।

उक्त गाडी अहिले कार्यालयकै परिसरमा राखिएको छ । तर, प्रसाई भने प्रहरीले इटहरी पुगेको सुचना पाएर गाडीको चेकजाँच कडा पारेको सुचनापछि गाडी बदलेर भारत पसेको आशंका छ । प्रर्दशन हिसांत्मक बन्दै जादाँ प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । प्रसाई भने प्रहरीले खोजेको थाहा पाएपछि केहिबेर तिनकुनेकै एउटा सटरभित्र बसेर सोही गाडीमा चढेर इटहरी पुगेका थिए ।

तिनकुनेमा प्रसाईलाई खोज्न शुरु गरेको प्रहरीले एउटै गाडीमा इमाडोल पुगेर धर्मगुरु पुष्कर खतिवडाको घरमा फलफुल खाई सोही गाडीमा चढेर काभ्रेको साँगा पुगेको सुचना पाएको थियो । साँगा हुदै बर्दिबासबाट इटहरी पुगेको अर्को सुचना पाउँदा समेत प्रहरीले चढेको गाडी भेटिदाँ प्रसाई पक्राउ पर्न नसक्नुले नेपाल प्रहरीको अनुसन्धान क्षमतामाथि नै प्रश्न उब्जिएको छ । अहिले प्रसाई भारतमा पुगेको आशंका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.