News7 TV
बुधबार, बैशाख २, २०८३ | April 15, 2026 |

बँदेल’ ठानेर चल्यो : किशोरको ज्यान गयो, किशोरी घाइते

काठमाण्डौ ।

 

प्युठानको जंगलमा भएको एक दर्दनाक घटनाले पुनः अवैध शिकार र हतियार प्रयोगको गम्भीरता उजागर गरेको छ। गौमुखी गाउँपालिका–४ सुँङगुरखालस्थित चुपाल सामुदायिक वनमा जंगली जनावर ठानेर हानिएको गोली लाग्दा १९ वर्षीय सुशिल परियारको ज्यान गएको छ भने उनीसँगै रहेकी १८ वर्षीया किशोरी घाइते भएकी छन्।

 

चैत २९ गते भएको उक्त घटनामा गोली लागेर गम्भीर घाइते भएका दुवैलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल हुँदै बुटवलस्थित लुम्बिनी सिटी हस्पिटल पुर्‍याइएको थियो। उपचारकै क्रममा चैत ३० गते परियारको मृत्यु भएको हो भने घाइते किशोरीको अवस्था अहिले खतरा मुक्त रहेको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार २७ वर्षीय वीरेन्द्र केसीसहित चार जना अवैध रूपमा शिकार खेल्न जंगल पुगेका थिए। टाढैबाट ‘बँदेल’ देखेको ठानेर चलाइएको गोली निर्दोष किशोरमाथि लाग्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

घटनापछि केसीसहित चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनीहरूले लुकाएर राखेका दुई थान भरुवा बन्दुक समेत बरामद गरिएको छ। अवैध हतियार राख्ने र चोरी शिकारीमा संलग्न रहेको अभियोगमा उनीहरूमाथि ज्यान मुद्दा र हातहतियारसम्बन्धी मुद्दा चलाइने तयारी गरिएको प्रहरीले जनाएको छ।

 

यो घटनाले ग्रामीण क्षेत्रमा बढ्दो अवैध शिकार, हतियारको दुरुपयोग र सुरक्षाको कमजोरीबारे गम्भीर प्रश्न उठाएको छ। निर्दोष नागरिकको ज्यान जाने गरी हुने यस्ता लापरवाहीमाथि कडा कारबाही र निगरानी आवश्यक रहेको स्थानीयले माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.