कञ्चनपुर/ बेदकोट/गएरातिदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरको बेदकोट नगरपालिका–४, बैतडास्थित घटालथानको झोलुङ्गे पुल बाढीले बगाएको छ।
स्थानीयवासीका अनुसार पुल तथा आसपासको संरचना संरक्षणका लागि उनीहरूले पटक–पटक स्थानीय सरकारसँग गुहार माग्दै आएका थिए। तर समयमै आवश्यक पहल र संरक्षणको काम हुन नसक्दा अहिले निर्माण गरिएको संरचनासमेत बाढीको भेलसँगै भत्किएको छ।
स्थानीयले समस्या देखाउँदै थिए, सरकार कहाँ थियो?
समयमै संरक्षणको काम भएको भए आज यो अवस्था आउने थिएन कि?
जनताको करबाट निर्माण भएका संरचनाको संरक्षणमा सम्बन्धित निकायले समयमै ध्यान नदिँदा राज्यको लगानी बाढीमा बग्ने अवस्था आएको छ। अब यसको जिम्मेवारी कसले लिने?

