News7 TV
बुधबार, बैशाख २, २०८३ | April 15, 2026 |

फागुन २१  बझाङमा ऐन महर पुन चुनावी मैदानमा : युवाको भरोसा र नेतृत्वको प्रतीक

काठमाण्डौ ।

 

विरेन्द्र बाग: आसन्न फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा ऐन महर फेरि जनतासामु फर्किँदैछन्। यो उनको व्यक्तिगत राजनीतिक यात्रा मात्र होइन, बझाङले कस्तो नेतृत्व रोज्ने भन्ने ऐतिहासिक क्षण पनि हो।

 

२०७९ को प्रतिनिधि सभा निर्वाचन बझाङका लागि केवल चुनाव थिएन। त्यो नेतृत्व र जनविश्वासको परीक्षा थियो। गठबन्धन हुदा पनि झिनाे मतले पराजित भएका हुन् । प्रतिस्पर्धा पूर्वमन्त्री भानुभक्त जोशी र युवा नेता ऐन महरबीच केन्द्रित रह्यो। मतगणनाका प्रत्येक अपडेटसँगै बझाङको राजनीति उग्र गतिमा तातिरहेको थियो। बराबरी, एक–दुई मतको अन्तर हुँदै अन्तिम क्षणमा मात्र नतिजा तय भयो।

जोशीले २८ हजार १४३ मत पाए भने महर २७ हजार १४५ मतमा रोकिए। तर यस नतिजाले स्पष्ट गर्‍यो बझाङ अब कुनै दलको सुरक्षित किल्ला होइन, सचेत, जागरूक र प्रतिस्पर्धात्मक राजनीतिक भूमि बनेको छ।

एक लाख २२ हजारभन्दा बढी मतदाता भएको जिल्लामा करिब आधा मतदाता मौन रहनु भनेको नेतृत्वप्रति प्रश्न उठ्नु हो। यही मौन मतदातालाई बोलाउने क्षमता र भरोसा जगाउने नेतृत्व ऐन महरमा देखिन्छ।

 

यसपटकको चुनाव भाषणको होइन, योजना र भरोसाको चुनाव हुनेछ। सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र दुर्गम बस्तीको पहुँचयी सबै क्षेत्रमा ऐन महरको स्पष्ट दृष्टि र स्थानीय अनुभव जनतामा भरोसा जगाउने आधार बनेको छ।

बझाङका मतदाता अब ‘नेता को हो?’ भन्दा ‘नेताले के गर्छ?’ भन्ने प्रश्नमा केन्द्रित छन्। यही विश्वास र क्षमताका कारण ऐन महर केवल उम्मेदवार होइनन्, बझाङको सम्भावनाको प्रतिनिधि बनेका छन्।

९९८ मतले इतिहास बनेको बझाङमा अब एक मतले पनि भविष्य बदल्न सक्छ। र त्यो भविष्य जनताको बीचमै हुर्किएको, जनताकै पीडाबाट राजनीतिमा उभिएको ऐन महरजस्तो भरोसिलो नेतृत्वले मात्र सुरक्षित गर्न सक्छ।

सत्ता र शक्तिको केन्द्रमा नरहे पनि ऐन महर सधैं बझाङी जनताको दुःख सुखमा अग्रमोर्चामा देखिएका छन्। विद्यार्थी उमेरदेखि राजनीति सुरु गरेका उनी केन्द्रीय राजनीतिसम्म पुगेका छन्, जुन सुदूरपश्चिमका लागि गर्वको विषय हो। नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु उनको संगठन क्षमता र नेतृत्वको स्पष्ट प्रमाण हो।

बझाङका धेरै युवा उनलाई “बझाङको टाइगर” भनेर सम्मानका साथ चिन्छन्। सामान्य बिरामीदेखि ठूला सामाजिक समस्यासम्म आइपर्दा जनताले जसरी ऐन महरलाई सम्झन्छन्, त्यसले उनी जनताको मनमा कति गहिरो बसेका छन् भन्ने देखाउँछ।

ऐन महरको बाल्यकाल बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–७ मै बित्यो। सानै उमेरदेखि अन्याय र अत्याचारविरुद्ध उभिने स्वभाव उनका पहिचान बने। २०५५ सालमा गाउँमै एसएलसीसम्मको अध्ययन पूरा गरेका महर जनताको पीडा भित्रैबाट बुझेका नेता हुन्।

राजनीतिक यात्रामा पार्टीभित्र र बाहिरबाट आलोचना भए पनि ऐन महर ती सबैभन्दा माथि उठेर अझ परिपक्व, दृढ र जिम्मेवार नेतृत्वको प्रतीक बनेका छन्। यही कारण आज उनी युवाको ढुकढुकी र बझाङको भरोसाको प्रतिनिधि भनेर सम्मानका साथ स्मरण गरिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.