News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

कैलाली बहुमुखी क्याम्पसमा नेविसंघलाई स्वतन्त्र प्यानलको समर्थन

सोमवार, चैत्र २४, २०८१
काठमाण्डौ ।

धनगढीः कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र प्यानल बनाएर निर्वाचन लडेका तेज मल्लको प्यानलले नेविसंघका उम्मेदवार सन्तोष पन्तलाई सघाउने भएको छ।

कैलाली बहुमुखी क्याम्पसमा अहिले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले माहोलले तातेको छ। मल्लले धनगढीमा आइतवार आयोजित पत्रकार सम्मेलनबाट आफ्नो उम्मेदवारी निष्क्रीय गराएको घोषणा गर्दै सन्तोष पन्तको प्यानललाई समर्थन गर्ने घोषणा गरेका हुन्।

मल्लले आफु पनि नेविसंघकै कार्यकर्ता रहेको बताउदै केही असन्तुष्टी भएपनि पन्तको प्यानललाई समर्थन रहेको बताए। उनले विज्ञप्ती जारी गर्दै संगठनमा विद्यार्थीको इच्छा बमोजिम आफूले स्वतन्त्रबाट सभापतिमा उम्मेदवारी दिएको बताएका थिए। तर संगठनलाई सहयोग गर्ने गरी नेपाल विद्यार्थी संघको सयुक्त प्यानललाई सहयोग गर्न उम्मेदवारी निष्क्रीय पारेको उनी बताउँछन्। उनले नेविसंघको संयुक्त प्यानललाई मतदान गरिदिन समेत आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.