News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

जयगढ बजारमा आगजनीबाट पीडितलाई विभिन्न निकाय र व्यक्तिबाट सहयो

काठमाण्डौ ।

अछाम –  जयगढ बजारमा आगजनीबाट पीडितलाई विभिन्न निकाय र व्यक्तिबाट सहयोग जुट्न थालेको छ । अग्निपीडितलाई प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल र व्यक्तिगत रूपमा समेत सहयोग जुट्न थालेको छ ।

जयगढ बजारमा भएको आगलागीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रकम दिने भएको छ । यस्तै स्थानीय बान्नीगढी जयगढ गाउँपालिकाले तत्काल राहतका लागि छ लाख रुपियाँ दिने निर्णय भएको छ । राहतका लागि भन्दै नेकपा एमाले अछामले आगजनीपीडितका लागि एक लाख ११ हजार र नेपाली कांग्रेस अछामले एक लाख रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

आगलागीपीडितका लागि पञ्चदेवल विनायक नगरपालिकाले एक लाख रुपियाँ सहयोग गर्ने भएको छ । यस्तै मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहोराले एक महिनाको सेवासुविधा प्रदान गर्ने घोषणा गर्नुभएको छ । स्थानीय पत्रकार धनराज साउदले अरू पसल बचाउनका लागि आफ्नो घर भत्काउन सहयोग गर्नेलाई १० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

मङ्गलबार राति करिब ७स्३० बजेतिर आगलागी भएर २३ घरमा रहेका ३५ वटा पसल जलेर नष्ट भएको बान्नीगढी जयगढ गाउँपलिकाले जानकारी दिएको छ । जयगढ बजारमा भएको आगलागीमा सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिए पनि विस्तृत रूपमा विवरण सङ्कलन भइरहेको भण्डारीको भनाइ छ ।

बान्नीगढी जयगढ गाउँपालिकाले पीडितको तत्कालका लागि व्यवस्थापन भइसकेको दीर्घकालिन व्यवस्थापनका लागि सरकारी र अन्य क्षेत्रसँग समन्वय भइरहेको विज्ञप्ति प्रकाशित गरेको छ । गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदको हस्ताक्षरित विज्ञप्तिमा आगलागी नियन्त्रणका लागि दमकल सहयोग गर्ने मङ्गलसेन नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीयलाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.