काठमाडौं । संघीय संसदअन्तर्गत तीन वटा समितिको बैठक आज सिंहदरबारस्थित संसद सचिवालय परिसरमा बस्ने तय भएको छ।
संसद सचिवालयका अनुसार, अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटबारे अर्थ मन्त्रालयसँग छलफल हुनेछ। उक्त बैठक बिहान ११ः०० बजे सुरु हुनेछ।
त्यस्तै, गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका सन्दर्भमा गृह मन्त्रालयसँग छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ः०० बजे बस्नेछ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ मा दफावार छलफल हुनेछ। यो बैठक पनि बिहान ११ः०० बजे सुरु हुने तय भएको छ।

