News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

पूर्वीचौकीले सार्वजनिक ग¥यो कक्षा ८ को नतिजा ४३.७% विद्यार्थी उत्तीर्ण यो वर्ष २०% विद्यार्थीमा सुधार

शुक्रबार, चैत्र २१, २०८१
डोटी ।

राज बोगटी  धनगढी – डोटीको पूर्वीचौकी गाउँपालिकाले आधारभूत तह कक्षा आठको परीक्षाफल सार्वजनिक गरेको छ। प्राप्त भएको नतिजा अनुसार पूर्वीचौकीमा ४३. ७ प्रतिशतले विद्यार्थी उत्तीर्ण भएका छन्। कुल ४ सय ६९ जना सहभागी परीक्षामा २०५ जना विद्यार्थी उत्तीर्ण भएको पूर्वीचौकी गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद भट्टले जानकारी दिएको छ।.

शिक्षा शाखाले दिएको विवरण अनुसार पहिलेको भन्दा अहिले २०५ले शिक्षामा सुधार भएको जानकारी दिएको छ। आधारभूत तह कक्षा ८ को परीक्षामा सहभागी शाजेन्द्रस्वर मावि फुलौट बाट ५३ जना सहभागी विद्यार्थीबाट २६ जना उत्तीर्ण भएका छन्। ४६।४ प्रतिशत प्राप्त गरेको पाएको छ। त्यस्तै भगवती आवि तल्लो फुलौट मा २५ सहभागी विद्यार्थीमध्ये १८ जना विद्यार्थी उत्तीर्ण भएको छ। भारतोली मावि वाडी मा २३ जना सहभागी विद्यार्थी रहेको विद्यालयबाट १९ जना उत्तीर्ण भएका छन्। त्यस्तै नेत्रेछरी मावि कुडासैन बाट ३६ जना परीक्षा सहभागी मध्य २४ जना उत्तीर्ण भएका छन्।

बाराही आ बी बगलेक सात जना सहभागी विद्यार्थी मध्ये चारजना उत्तीर्ण भएका छन्दु। र्गा मावि गैरागाउँ बाट ६२ ६२ जना सहभागी विद्यार्थीमध्ये १० जना मात्रै उत्तीर्ण भएका छन्।
चैकोट आ बी बाट १८ जना सहभागी विद्यार्थीबाट तीनजना उत्तीर्ण भएका छन्। सरस्वती मावि सानागाउँ मा ३६ जना सहभागी विद्यार्थीमध्ये २१ जना उत्तीर्ण भएका छन्। सरस्वती आवि सानागाउँ बाट २८ जना सहभागी बाट १९ जना उत्तीर्ण भएका छन्।

काडामाण्डौ मावि बाट ४३ जना सहभागी विद्यार्थीमध्ये १२ जना मात्रै उत्तीर्ण भएका छन्। शिशु सुधार मावि गाजरी बाट ६३ जना विद्यार्थी सहभागीबाट ३५ जना उत्तीर्ण भएका छन्। त्यस्तै मस्टामाण्डो माविपोखरी मा ३९ जना सहभागीमध्ये ९ जना उत्तीर्ण भएका छन्। त्यस्तै हनुमान आ बी टिमुरदह मा १५ जना सहभागी विद्यार्थी मध्ये तीनजना उत्तीर्ण भएका छन्।

त्यस्तै भवानी आबी गजडा बाट १५ जना सहभागीमध्ये दुईजना उत्तीर्ण भएका छन्। पूर्वीचौकी गाउँपालिकाबाट जम्मा ४६९ जना सहभागी विद्यार्थीमध्ये जम्मा २०५ जना मात्र उत्तीर्ण भएका छन्। यो वर्ष विद्यार्थीहरूमा  विकास भएको शिक्षा प्रमुख भट्टले जानकारी दिएका छन्। १४ वटा परीक्षा केन्द्रमा कक्षा आठको परीक्षा मा ४६९ जना सामेल भएका छन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.