News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

शनिबार, चैत्र २२, २०८१
काठमाण्डौ ।

बैतडी-  बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ३ जना भने घाइते छन्।

दशरथचन्द नगरपालिका–११ नानिगाडमा शुक्रवार राति देहीमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पञ्चेश्वर गाउँपालिका(५ बस्ने ५४ वर्षीय चंचले दयाल गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो।

जिप दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका–६ घर भएका जिप चालक ३५ वर्षीय राकेश कोली, सोही ठाउँका ५२ वर्षीय लालीराम कोली र दशरथचन्द नगरपालिका १० की अन्दाजी ३० वर्षीया कविता परियार घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। जिप सडकबाट करिब ४० मिटर तल खसेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.