News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

कैलालीमा अनेरास्ववियु–नेविसंघको गोप्य छलफलको भिडियो खिचिएको मोबाइल थुतियो, आरोपी प्रहरीको खोजीमा

शनिबार, चैत्र २२, २०८१
काठमाण्डौ ।

धनगढी – कैलालीको घोडाघोडी बहुुमुखी क्याम्पसको स्ववियुु चुनावबारे नेविसंघ र अनेरास्ववियुले गोप्य बैठक बसेर छलफल गरिरहेका बेला लुकेर भिडियो बनाउनेको मोबाइल थुतिएको छ । स्ववियु चुनावमा घोडाघोडी क्याम्पसमा गठबन्धन गरेका नेविसंघ र अनेरास्ववियुका नेताहरु शुुक्रबार नवरत्न होटलमा रणनीतिक छलफलमा थिए ।

सोही बेला बाहिरबाट लुकेर भिडियो कैद गरिरहेको देखेपछि विद्यार्थीहरुले मोबाइल नियन्त्रणमा लिएका थिए तर भिडियो कैद गर्ने व्यक्ति भने भागेका छन् । विद्यार्थी नेताहरुले गोप्य बैठकको भिडियो कैद गरिएको मोबाइल इलाका प्रहरी कार्यालय सुखडमा बुझाएका छन् भने भिडियो कैद गर्ने व्यक्तिको पहिचान गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै निवेदन समेत दिएका छन् ।

इलाका प्रहरी कार्यालय सुखडका निमित्त प्रमुख प्रहरी निरीक्षक दीर्घ साउदले विद्यार्थी नेताहरुले भिडियो खिच्ने व्यक्तिको मोबाइल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताए । उनले भिडियो खिच्ने व्यक्तिको पहिचान नखुलेको र अहिले फरार रहेको बताए । भिडियो खिच्ने व्यक्तिलाई कारवाहीको माग गर्दै निवेदन समेत दिइएको प्रहरी निरीक्षक साउदले जानकारी दिए ।

२७ चैतमा हुने स्ववियु निर्वाचनमा घोडाघोडी बहुुमुखी क्याम्पसमा कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियुुले गठबन्धन गरेका छन् । अनेरास्ववियुु–नेविसंघको संयुक्त प्यानलबाट अशोक गौतमले सभापतिमा उम्मेदवारी दिएका छन् ।

माओवादी निकट अखिल क्रान्तिकारीबाट गणेश भण्डारी, विप्लव निकट अखिल समाजवादीबाट यमबहादुर खत्रीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.