News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

हिन्दू मन्दिरहरूमा पटक(पटक पिसाब फाल्ने महिला पक्राउ

काठमाण्डौ ।

काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिका(५ मा रहेको आदेश्वर मन्दिरमा मूर्तिमा पिसाब छर्किएको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ परेकी व्यक्ती ६१ वर्षीया मिठु तिवारी हुन्, जो हाल सुकेधारामा बसोबास गर्दै आएकी छन् भने उनको स्थायी ठेगाना काठमाडौँ महानगरपालिका(१७, धोबीचौर रहेको बताइएको छ ।

प्रहरी वृत्त स्वयम्भूका अनुसार, तिवारीले गत पुस २६ गते मन्दिरमा बोतलमा पिसाब ल्याई मूर्तिमा छर्केपछि फरार भएको उजुरी प्राप्त भएको थियो । अनुसन्धानको क्रममा उनीमाथि फागुन २१ गते पनि सोही मन्दिरमा यस्तै कार्य गरेको प्रमाण भेटिएको छ । प्रहरीका अनुसार, उनले आदेश्वर मन्दिर मात्र नभई चुण्डेश्वर मन्दिर, सीतापाइला गणेश मन्दिर र हरिसिद्धि मन्दिरमा समेत पिसाब छर्केको खुलासा भएको छ ।

प्रहरीले घटनास्थल नजिकको सिसिटिभी फुटेजको सहायतामा अनुसन्धान गर्दै जाँदा चैत २१ गते उनी आदेश्वर मन्दिर परिसरमा पाँचवटा बोतलमा पिसाब जस्तो देखिने पदार्थ लिएर आएको अवस्थामा पक्राउ गरिएको थियो । उनीमाथि ‘धर्मसम्बन्धी कसुर’ अन्तर्गत मुद्दा दर्ता गरिएको छ भने काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.