धनगढी – न्युज सेभेन टेलिभिजनको सुदुरपश्चिम प्रदेशको ब्युरो प्रमुखमा रेखा धानुक लाई नियुक्त गरिएको छ मिति २०८१-१२-२४ गते न्युज सेभेन का अध्यक्ष गजेन्द्र सिहको अध्यक्षता मा बसेको बैठकले उक्त पदमा नियुक्त गर्ने निर्णय गरे सङै टेलिभिजनका अध्यक्ष प्रवन्धक व्यवस्थापक कन्चनपुर जिल्ला ब्युरो प्रमेख कैलालि जिल्ला ब्युरो प्रमुख लगायत संवाददाता ले खादा ओडाएर नियुक्त गरियको हो । अनुभव, दक्षता, र नेतृत्व क्षमताले टेलिभिजनलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै । त्यस्तै धानुकले कार्यकालमा सञ्चार क्षेत्रमा नवीनतम पहल र प्रभावकारी व्यवस्थापनको आश गरेको न्युज सेभेन टेलिभिजनका प्रवन्धक निर्देशक आलोक जङ साउद ले बताउनु भयो।
नवनियुक्त व्युरो प्रमुख धानुकले टेलिभिजनले जुन विश्वासले मलाई थप जिम्मेवारि दिएको छ त्यसलाई आत्मसाथ गर्दै अघि बढ्ने बताउनुभएको छ । उहाले जनताको हकहित र आवाज सुन्ने तथा बोल्ने माध्यमका रुपमा टेलिभिजनलाई अघि बढाउने समेत बताउनु भएको छ धानिक यसअघि न्युज सेभेन टेलिभिजनको सामान्य जिम्मेवारिमा बसेर काम गर्दै आइराख्नु भएको थियो ।
न्युज सेभेन टेलिभिजन ले परम्परागत टेलिभिजनको सीमालाई तोडेर दर्शकलाई अझ सुविधाजनक, सुलभ, र आकर्षक विकल्प प्रदान गरेको छ। भविष्यमा प्रविधिको थप विकाससँगै यसको लोकप्रियता अझ बढ्ने गएपछि अनलाइन टेलिभिजनको रुपमा न्युज सेभेन टेलिभिजन सञ्चालनमा ल्याएको हो बताउनु भयो टेलिभिजनका व्यवस्थापक चेतराज अवस्थि ले
नियुक्ति पत्र


