News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

केएमसीमा नेविसंघकी उम्मेदवार अम्बिकालाई ज्यान मार्ने धम्की

सोमवार, चैत्र २४, २०८१
काठमाण्डौ ।

धनगढी । धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन नजिकिँदै गर्दा नेपाल विद्यार्थी संगठनमा बिद्रोह गर्दै स्वतन्त्र विद्यार्थी एकता समूहबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी अम्बिका चौधरीले गम्भीर आरोप सार्वजनिक गरेकी छिन्।

उनले आफ्नो समूहका केही उम्मेदवारहरूलाई अराजक तत्वहरूले ज्यान मार्ने धम्की दिएर अपहरण गर्ने नियतले उम्मेदवारी फिर्ता गराएको बताएकी छन्

यस्तै आफूलाई पनि लोभलालच देखाउनेदेखि धम्क्याउने र डराउनेसम्मको क्रियाकलाप गरिएको उनको ठहर छ। उनले फेसबुकमार्फत सो कुरा सार्वजनिक गरेकी छन्। “म अत्यन्त दुःखी छु तर डराएको छैन, हिम्मत हारेकी छैन,” चौधरीले एक अपिलमार्फत भनिन्, “मलाई पनि पटक–पटक धम्की, लोभ र प्रलोभन दिइयो तर म अडिग रहेँ।”

उनले क्याम्पसका विद्यार्थीहरूलाई आह्वान गर्दै भनेकी छिन्, “कसैले पनि लोभ, डर वा धम्कीका कारण आफ्नो मतदान अधिकार गुमाउनु हुँदैन। परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ। मलाई विश्वास छ, विद्यार्थीहरूले अन्यायविरुद्धको मत हाल्नेछन्।”

चौधरीले आफूलाई महिलाका रूपमा र चौधरी समुदायकी छोरी भएको कारण उम्मेदवारीका लागि अवरोध सिर्जना गरिएको आरोप पनि लगाएकी छिन्। “मलाई टिकटबाट वञ्चित गरियो, तर म टुटिनँ। म विद्यार्थीहरूको आशा र भरोसाका लागि उम्मेदवार बनेकी हुँ,” उनले भनिन्।

उनले केही दुषित मानसिकता भएका व्यक्तिहरूले उम्मेदवारी फिर्ता लिएको भन्दै आफ्नो चरित्र हत्या गर्न खोजेको पनि आरोप लगाएकी छन्।

अन्त्यमा उनले उम्मेदवारी फिर्ता लिएका आफ्ना साथीहरूलाई धन्यवाद दिँदै अझै पनि साथ र सहयोगको अपेक्षा व्यक्त गरेकी छिन्।

चौधरी यस अगाडि नेविसंघबाटै स्ववियुमा निर्वाचित भएकी थिइन् तर अहिले भने नेविसंघले सन्तोष पन्तलाई उम्मेदवार बनाएको छ। त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.