News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

मुलुकको विकासको लागि तीनै तहको सरकार बिच समन्वय आवश्यक :प्रदेश प्रमुख मियाँ

सोमवार, चैत्र २४, २०८१
काठमाण्डौ ।

लुम्बिनी – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले तीनै तहको सरकारबिच समन्वय,सद्भाव र एकता हुन आवश्यक रहेको बताएका छन् ।

कपिलवस्तुस्थित खुरुहुलियामा आयोजना गरिएको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रमुख मियाँले मुलुकको संवृद्धि र विकासको लागि तीनै तहको सरकारबिच समन्वय हुनुपर्ने बताएका हुन ।

‘तीनै तहको सरकारको एकल र साझा अधिकारको विषय संविधानमा उल्लेख गरिएको छ । ती अधिकारहरूमा रहेर नागरिकहरूलाई सेवा दिनुपर्छ’ प्रदेश प्रमुख मियाँले भने, ‘स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय हुनुपर्छ । त्यसो हुँदा मात्रै संवृद्धि र विकास चाँडै आउन सक्छ । ’

संविधानमा सबै वर्ग र समुदायका लागि पर्याप्त अधिकार उल्लेख गरिएको भन्दै प्रदेश प्रमुख मियाँले संविधानको रक्षा गर्न आवश्यक रहेको बताएका थिए । आफू लुम्बिनीवासी भएपनि सुदूरपश्चिममा प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्दा कुनै समस्या वा सकस नभएको उनको भनाइ थियो ।

गाउँपालिका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संविधानसभा सदस्य नेत्र प्रसाद पन्थी, शिवराज नगरपालिका पूर्व प्रमुख नेत्र प्रसाद अधिकारी, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अली, समाजसेवी सफर अलि मियाँ, पूर्व जिल्ला शिक्षा अधिकारी. अब्दुल रहुफ, लगायतको सहभागिता रहेको थियो ।

बाजागाजासहित प्रदेश प्रमुखलाई भव्य स्वागत गरिएको थियो भने कार्यक्रममा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.