काठमाण्डौ – एक वर्षको अवधिमा कर्णाली प्रदेश सरकारले ९५ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । एक वर्षे उपलब्धि सार्वजनिक गर्दै आज मुख्यमन्त्री यामलाल कँडेलले २ सय ५ किलोमिटर सडक ग्राभेल, २३ वटा पक्की पुल, ४२ वटा झोलुङ्गे पुल, ८ वटा सार्वजनिक भवन निर्माण भएको जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्म १९ प्रतिशत विकास बजेट कार्यान्वयन भएको प्रदेश सरकारको दाबी छ । २०८० साल चैत २७ गते नेकपा ९माओवादी केन्द्र० को समर्थनमा मुख्यमन्त्री बनेका कँडेलले चार महिना नबित्दै २०८१ साउनमै सत्ता साझेदार

