News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

दैलेखमा करेन्ट लागेर एक युवकको मृत्यु

User Photo
आइतवार, बैशाख २१, २०८२
काठमाण्डौ ।

 

दैलेख, वैशाख २१ — दैलेखको आठबीस नगरपालिका–४, जिरोपोइन्ट नजिक घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ।

स्थानीय २९ वर्षीय नगेन्द्र बहादुर माझीको आज साँझ करिब ५ बजेको समयमा मृत्यु भएको हो। माझी रुखमा चढेर घाँस काटिरहेका बेला नजिकैको उच्च भोल्टेजको विद्युत लाइन रुखमा प्रवाहित भएपछि करेन्ट लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय राकम कर्णालीका प्रहरी प्रमुख छत्रबहादुर ढकालको नेतृत्वमा टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। घटनास्थलमै मृत शरीर रहेको र उठाउने प्रक्रिया भइरहेको प्रहरीले जानकारी दिएको छ।

स्थानीयवासीका अनुसार उक्त क्षेत्रमा विद्युत लाइन र घना रुखका कारण जोखिम बढिरहेको छ। यसअघि पनि यस्तै खालका घटनाहरूका कारण जनधनको क्षति हुँदै आएको बताइएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.