News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

शरणार्थी प्रकरण अनुसन्धान अवरुद्ध पारिएको छ : सांसद सिंह

User Photo
सोमवार, बैशाख २२, २०८२
काठमाण्डौ ।

काठमाडौँ, २२ वैशाख — प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धान सरकारकै कारण प्रभावित भएको आरोप लगाएका छन्।

सोमबारदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको प्रतिनिधिसभा बैठकमा भाग लिँदै स्वतन्त्र सांसद सिंहले सुशासनको कुरा व्यवहारमा देखिनुपर्ने उल्लेख गरे।

“भुटानी शरणार्थी प्रकरणकै कारण यो सरकार बनेको हो,” सांसद सिंहले भने, “मैले यही संसदमा सर्ट खोलेर प्रदर्शन गर्दै निष्पक्ष अनुसन्धानको माग गरेको थिएँ। तर अहिले त्यो अनुसन्धान कहाँ पुग्यो?” उनले वाइडबडी र टेरामक्सजस्ता ठूला घोटालाको अनुसन्धान पनि थन्किएको उल्लेख गरे।

सिंहले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको र विदेशी ऋण लिँदै दुरुपयोग गरिरहेको आरोप लगाए। “सरकारमा बस्नेहरूमा सत्ताको उन्माद देखिएको छ,” उनले भने, “साना दल, जनजाति, दलित, महिला र मधेशीमाथि यो सरकारले चुनौति दिएको छ। दुईतिहाइको सरकार नांगो हिँडिरहेको छ।”

उनले सरकारको प्राथमिकता गलत दिशामा रहेको भन्दै शिक्षा, स्वास्थ्य र सडकजस्ता आधारभूत सेवा प्रणाली ध्वस्त भइरहेको गुनासो गरे। “सरकारको प्राथमिकता पानीजहाज र रेलमा छ,” उनले भने, “तर अहिले देशलाई सडक आवश्यक छ, त्यसमा ध्यान छैन।”

सिंहले सरकारले बिचौलियामार्फत शासन सञ्चालन गरिरहेको र दलालतन्त्रको विकास गरिरहेको दाबी गरे। साथै, सरकारले आफ्ना नातेदारलाई विश्वविद्यालयमा भीसी र रेक्टर बनाउने उद्देश्यले नयाँ विश्वविद्यालय खोल्न खोजिरहेको आरोप पनि लगाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.