News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

 विद्यार्थी नेता मुकेश स्याँडाको पहलमा बित्थडचिर–६ का जनतालाई नोभा अस्पतालमा २५ प्रतिशत छुट

User Photo
बुधबार, बैशाख २४, २०८२
काठमाण्डौ ।

 

बझाङ् :“स्वास्थ्य सबैको अधिकार हो” भन्ने नाराका साथ समाजसेवामा सक्रिय विद्यार्थी नेता मुकेश स्याँडाको विशेष पहलमा बित्थडचिर गाउँपालिका–६ का जनताका लागि धनगढीस्थित नोभा अस्पतालमा २५ प्रतिशत छुटमा स्वास्थ्य सेवा प्राप्त गर्ने व्यवस्था मिलाइएको छ।

 

नोभा अस्पताल र नेता स्याँडाबीच वैशाख २४ गते भएको औपचारिक सम्झौतापछि अब सो वडाका नागरिकहरूले सामान्य चेकअपदेखि विशेषज्ञ सेवा, ल्याब परीक्षण, भिडियो एक्सरे, युरिन तथा रगत परीक्षणजस्ता सेवामा प्रत्यक्ष छुट पाउने भएका छन्।

 

सम्झौतामा नोभा अस्पतालका प्रमुख प्रशासनिक अधिकृत गीता खत्री र मुकेश स्याँडाले हस्ताक्षर गरेका हुन्। सेवा उपयोग गर्न चाहने नागरिकहरूले आफ्नो नागरिकता प्रमाणपत्र वा वडा कार्यालयबाट प्रमाणित परिचय खुल्ने कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

 

विद्यार्थी नेता स्याँडाले जनताको स्वास्थ्य पहुँचलाई सहज बनाउँदै सामाजिक न्यायको अभ्यास गर्न यो अभियान थालिएको बताएका छन्। उनले भने, “गुणस्तरीय उपचारको अभावमा गाउँलेहरू राजधानी वा शहरमा गएर पनि सेवा लिन सक्दैनन्। यही समस्यालाई सम्बोधन गर्न मैले यो पहल गरेको हुँ।”

 

स्याँडाले आगामी दिनमा शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक उत्थानसँग जोडिएका थप जनमुखी कार्यक्रम ल्याउने प्रतिबद्धता पनि जनाए।

 

स्थानीयबासीहरूले स्याँडाको यो प्रयासप्रति आभार प्रकट गर्दै यसले गाउँमा सकारात्मक सन्देश दिएको बताएका छन्। उनीहरूले यस्ता जनसेवामूलक कार्यक्रम निरन्तर चलिरहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.