News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

डडेल्धुराको आलितालमा अटोको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

User Photo
बिहिबार, बैशाख २५, २०८२
काठमाण्डौ ।

 

डडेल्धुरा — डडेल्धुराको आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक सोमबार दिउँसो भएको एक दर्दनाक सवारी दुर्घटनामा ४ वर्षीय बालकको ज्यान गएको छ। आलिताल–४, कैनघाडी निवासी ज्योती श्रेष्ठ विकका छोरा विवेक विकको अटोको ठक्करबाट घटनास्थलमै मृत्यु भएको पुष्टि जोगबुढा अस्पतालले गरेको छ।

दुर्घटना भी.नं.पा. ००१ ह ०१२६ नम्बरको अटोले दिउँसो करिब २ बजेतिर बालकलाई ठक्कर दिँदा भएको हो। प्रत्यक्षदर्शीहरूका अनुसार, विवेक विक आफ्नी आमासँगै पैदल बाटो हुँदै गोदाम बजारतर्फ जाँदै थिए। त्यही क्रममा तीव्र गतिमा आइरहेको अटोले उनीहरूलाई ठक्कर दिएको थियो। अटोले बालकलाई ठक्कर दिएर करिब १० मिटर परसम्म घिसार्दै लगेपछि उनको घटनास्थलमै ज्यान गएको थियो।

घटनापछि बालकलाई तत्काल जोगबुढा अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। यस दुर्घटनामा अन्य दुई जना समेत घाइते भएका छन्। घाइतेहरूको हाल जोगबुढा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि अटो चालक भने फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक डम्मर विष्टले दिएको जानकारीअनुसार चालकको खोजी कार्य तीव्र पारिएको छ र घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

स्थानीय बासिन्दाहरूले सडक सुरक्षा र ट्राफिक नियमनको अभावका कारण यस प्रकारका दुर्घटना बारम्बार भइरहेका भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूले सम्बन्धित निकायसँग चालकको शीघ्र पहिचान गरी कानूनी कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.