विरेन्द्र बाग:सुदूरपश्चिम प्रदेशमा आज दिनभरि मौसमको मिजाज फेरिएको छ। हिमालदेखि तराईसम्मको मौसममा उतारचढाव देखिएको छ भने केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना छ।
मौसमविद्हरूका अनुसार दिउँसो हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्छ। त्यसैगरी पहाडी र तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरिएको छ।
रातिको समयसम्म पनि सुधारको संकेत देखिएको छैन। हिमाली क्षेत्रहरू आंशिकदेखि सामान्य बदली रहनेछ भने पहाडी र तराई भू–भागमा पुनः मेघगर्जन र चट्याङसहित वर्षा को सम्भावना कायमै रहनेछ।
वर्षासँगै चट्याङ र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन विज्ञहरूको आग्रह छ। नदी किनार, पहिरो संभावित क्षेत्र तथा खुला ठाउँमा सावधानी अपनाउन सिफारिस गरिएको छ।

