विरेन्द्र बाग: कंचनपुर ,जेठ १० नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अध्यागमन विभागमा देखिएको भ्रष्टाचारको छानबिन सहज बनाउन गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सार्वजनिक आग्रह गरेका छन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले भने, “नैतिकताको हिसाबले म क्लिन छु। मैले राजीनामा दिएँ भने, छानबिन समिति बनाएर सत्य पत्ता लगाउन सकिन्छ। यसरी नैतिक उच्चता देखिन्छ।”
उनका अनुसार विगतमा केही मन्त्रीहरूले पनि त्यस्तै कदम चालेका थिए, जसले छानबिन प्रक्रिया सहज र विश्वसनीय बनेको थियो। उनले मन्त्री लेखकलाई समेत त्यस्तै नैतिकता प्रदर्शन गर्न सुझाव दिए।

