News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

भिजिट भिसा काण्ड : रवीलाई राजीनामा माग्नेहरू अब लेखकप्रति किन मौन?

User Photo
सोमवार, जेष्ठ १३, २०८२
काठमाण्डौ ।

रवी लामिछाने गृहमन्त्री हुँदा “प्रमाण लुकाउन सक्ने हैसियत” भन्दै सदनभर राजीनामाको चर्को माग उठेको थियो। अन्य दलका नेताहरूले समेत गृहमन्त्रालयमा बस्ने व्यक्तिले छानबिनमा प्रभाव पार्न सक्ने भन्दै उनीमाथि दबाब दिएका थिए।

तर अहिले भिसा काण्ड आरोप गृहमन्त्री रमेश लेखकमाथि लाग्दा सत्तारुढ कांग्रेसभित्रै मौनता छ। लेखकको सचिवालयका सदस्य नै भिजिट भिसा सेटिङमा मुछिएका छन्, तर उनले “कर्मचारीको गल्तीमा म किन राजीनामा दिने?” भन्दै अडान लिइरहेका छन्।

यही अवस्थामा कांग्रेसका दुई प्रभावशाली महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा कसरी प्रतिक्रिया जनाउँछन् भन्ने कुराले नै उनीहरूको राजनीतिक साख पनि निर्धारण गर्नेछ। रवीलाई कटघरतिर उभ्याउनेहरू, अब लेखकप्रति पनि उस्तै नैतिक मापदण्ड अपनाउने कि होइनन् ? यही प्रश्नले अहिले कांग्रेसभित्र समेत बहस सुरु गराएको छ।

राजनीतिक विश्लेषकहरू भन्छन्, “अब गगन थापा र विश्वप्रकाश शर्माले स्पष्ट कदम चाल्नुपर्ने बेला आएको छ। यदि उनीहरू शुद्ध शासन र जवाफदेहिताको पक्षमा छन् भने रमेश लेखकमाथि पनि रवीझैँ व्यवहार गर्नुपर्छ। नत्र उनीहरूको नैतिकतामाथि नै प्रश्न उठ्नेछ।”

संक्षेपमा, सत्ता र सिद्धान्तबीचको द्वन्द्व अब कांग्रेसकै काँधमा आइपुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.