News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

‘भिजिट भिसा’ प्रकरणमा गृह प्रशासन मुछिएपछि संसदमा विरोध, गृहमन्त्रीको राजीनामा माग

User Photo
मङ्लबार, जेष्ठ १४, २०८२
काठमाण्डौ ।

‘भिजिट भिसा’को नाममा मानव तस्करी हुने घटनामा गृह प्रशासनको संलग्नता देखिएको आरोपपछि संसदमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अवरोध गरेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी सांसदहरूले गृहमन्त्रीमाथि चौतर्फी प्रश्न उठिसकेको भन्दै नैतिकताका आधारमा तुरुन्त राजीनामा दिनुपर्ने माग गरे।

नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले संसदमा बोल्दै गम्भीर आरोप सार्वजनिक भइसकेको अवस्थामा गृहमन्त्रीले मार्ग प्रशस्त गरी निष्पक्ष छानबिनको वातावरण बनाउनु उपयुक्त हुने बताए। उनले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने चेतावनीसमेत दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले अध्यागमन कार्यालयसँग मिलेमतो गरी भिजिट भिसामा मानव तस्करी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको गम्भीर छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरे।

प्रतिपक्षी दलहरूको दावी अनुसार अध्यागमनका कर्मचारीहरूसँग सेटिङमा भिजिट भिसाको माध्यमबाट विदेश पठाउने, त्यसबापत रकम असुली गर्ने कार्य भइरहेको छ, जसमा गृहमन्त्रीको पनि संलग्नता हुनसक्ने आशंका व्यक्त गरिएको छ।

यता, उक्त प्रकरणमा सोमबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले भने गृहमन्त्री लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको छ। बैठकले घटनाको निष्पक्ष छानबिनलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकाल्दै गृहमन्त्रीमाथि लागेको आरोप पूर्वाग्रही भएको दाबी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.