News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

गाडी दुर्घटनामा गम्भीर घाइते वसन्त घरडीको उपचारका लागि सहयोगको अपिल

User Photo
शुक्रबार, जेष्ठ १७, २०८२
काठमाण्डौ ।

 

बैतडी, जेठ १६ बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं. २, गन्नाका ३० वर्षीय वसन्त घरडी गम्भीर सडक दुर्घटनामा परेर उपचाररत छन्। गम्भीर अवस्था रहेकोले परिवारले देश–विदेशमा रहेका सहयोगी मनहरूलाई आर्थिक सहयोगका लागि हार्दिक अपिल गरेका छन्।

 

जेठ ११ गते राति करिब १० बजे गोकुलेश्वरबाट घरतर्फ जाँदै गर्दा उनी आफैंले चलाएको से.१.ज.१०६१ नम्बरको गाडी गल्लिगाड नजिकै अनियन्त्रित भई करिब ३० मिटर तल चौलानी नदीमा खसेको थियो। गाडीमा चालक वसन्त घरडीबाहेक अन्य कोही थिएनन्।

 

दुर्घटनामा वसन्तको टाउकोमा गम्भीर चोट लागेको छ। तत्कालै उनलाई धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार उनलाई ७–८ दिन ICU मा राख्नुपर्ने र शल्यक्रिया (अपरेशन) समेत गर्नु पर्ने अवस्था रहेको छ।

 

पीडितको परिवारको आर्थिक अवस्था कमजोर रहेकोले वसन्त घरडीको उपचारमा सहयोग गर्न सबैलाई अपिल गरिएको छ।

 

सहयोग गर्न चाहनेहरूले निम्न माध्यमबाट सहयोग गर्न सक्नुहुनेछः

 

नेपालका लागि: वसन्तका बुबा हर्कबहादुर घरडी (QR कोड र बैंक खाता नम्बर तलको फोटोमा उल्लेख छ)

 

भारतमा रहेका सहयोगीहरूका लागि: अमृत घरडी (फोन पे / गुगल पे / पेटिएम नं. 9972985240)

 

 

सक्दो सहयोग गरी एक युवाको जीवन बचाउन अपिल गरिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.