News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

कञ्चनपुरको खुलामञ्चमा एक हप्ते निशुल्क योग विज्ञान शिविर सुरु

User Photo
शुक्रबार, जेष्ठ १७, २०८२
काठमाण्डौ ।

 

विरेन्द्र बाग: कन्चनपुर, जेठ १६ ‘‘गरौं योग, रहौं निरोग, जीवन बचाऔं, संस्कारी बनौं’’ भन्ने मुल नाराका साथ कञ्चनपुरको महेन्द्रनगरमा एक हप्ते निशुल्क वृहत योग विज्ञान शिविर सुरु भएको छ। भीमदत्त नगरपालिका–४ स्थित खुलामञ्चमा जेठ १७ गतेदेखि २३ गतेसम्म संचालन हुने शिविर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगर कञ्चनपुरको आयोजनामा गरिएको हो।

 

शिविरको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर थापा प्रमुख अतिथि रहनेछन्। शिविरमा प्रमुख प्रशिक्षण पुज्या साध्वी डा. देवविजयाको पावन मार्गदर्शन रहनेछ भने पतञ्जली नेपालका मुख्य केन्द्रीय प्रभारी तथा योग प्रशिक्षक लवदेव मिश्रलगायत प्रशिक्षकले सहभागिहरूलाई योग अभ्यास गराउनेछन्।

 

सामुदायिक सेवा केन्द्रका अध्यक्ष भोजराज भट्टका अनुसार शिविरमा १ हजारदेखि १५ सयसम्म विद्यार्थीहरुको सहभागिता रहने अनुमान गरिएको छ। विशेषतः कञ्चनपुरका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी विहान ४:३० बजे देखि ६:30 बजे सम्म योग अभ्यास गराइने छ।

 

“विद्यार्थीहरुलाई कुलतबाट बचाउन र पढाइमा रुचि जगाउन योग निकै उपयोगी हुने विश्वास लिएको छ,” कानुनी सल्लाहकार पूर्णा भट्ट जोशीले बताइन्।

 

सप्त दिवसीय शिविरमा मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मोटोपन, ग्याँस, कब्ज, ढाड दुखाइ, नसा च्यापिने, पिनास, एजर्ली, थायरायड, दम, माइग्रेन, जोर्नी दुख्ने, तनाव लगायतका रोगका लागि निशुल्क योग अभ्यास गराइनेछ।

 

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेशसिंह धामीले समाजमा योगमार्फत चेतना फैलाउने कार्यमा सञ्चारकर्मीहरू सक्रिय हुनुपर्ने बताए। यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले योगले सामाजिक जागरणमा योगदान दिने विश्वास व्यक्त गरे। सामुदायिक सेवा केन्द्रकी कानुनी सल्लाहकार सृजना भट्टले कुलतमा फसिरहेका युवाहरूलाई योगमार्फत बचाउनुपर्ने आवश्यकता औँल्याइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.