News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

बझाङको चैनपुरमा जातीय भेदभाव र छुवाछुतविरुद्ध पहिलोपटक वृहत जागरण सभा

User Photo
आइतवार, जेष्ठ १९, २०८२
काठमाण्डौ ।

 

बझाङ: जेठ १८ — “संविधानले हक दियो, तर व्यवहारले अझै बाँध्यो।” यिनै शब्दहरूले सार दिइरहेको छ — बझाङको सदरमुकाम चैनपुरमा पहिलोपटक जातीय भेदभाव र छुवाछुतविरुद्ध वृहत जागरण सभा हुने भएको छ।

 

‘दलितका लागि दलित अभियान’ शीर्षकमा हुने उक्त सभा जेठ २६ गते आयोजना गरिने छ। यसअघि बाजुरा र अछाममा सम्पन्न यस्तै कार्यक्रमहरू सफल भएपछि अब बझाङमा पनि दलित समुदायको हक र अधिकार सुनिश्चित गर्न जागरण अभियान सञ्चालन गरिन लागिएको हो।

 

संविधानमा स्पष्ट रूपमा सुनिश्चित गरिएका अधिकारहरू व्यवहारमा लागू नहुँदा दलित समुदाय अझै पनि विभेद र बहिष्करणको चपेटामा परेको भन्दै यसपटक उनीहरू स्वयं जागरुक बनेका छन्। स्थानीय तहदेखि राज्यका संयन्त्रसम्म आफूहरूलाई उपेक्षा गरिएको आरोप लगाउँदै बझाङका दलित समुदाय यो अभियानमार्फत एकजुट हुने प्रयासमा छन्।

 

दलित अधिकारकर्मीहरूका अनुसार, शिक्षा र जनचेतनाको स्तर उकासिएसँगै समुदायभित्र अधिकारप्रति चासो र लड्ने आत्मबल दुवै बढेको छ। अब मौन रहने समय सकिएको भन्दै जागरण सभामार्फत अधिकारको मागलाई सशक्त आवाजमा परिणत गर्न लागिएको हो।

 

सभामा प्रमुख अतिथिका रूपमा ‘दलितका लागि दलित अभियान’का केन्द्रीय संयोजक खगेन्द्र सुनार आउने छन्। साथै, जिल्लाका १२ वटै पालिकाबाट निर्वाचित दलित जनप्रतिनिधि, बुद्धिजीवी, अभियन्ता र आम समुदायको उपस्थितिलाई लक्षित गर्दै आमन्त्रणा पठाइएको छ।

 

दलित अधिकार एकता सञ्जाल बझाङका प्रवक्ता उपेन्द्र ब. आग्री र दलित अभियान केन्द्रीय समिति भारतका सदस्य तथा राष्ट्रिय दलित गोलमेच सम्मेलनका केन्द्रीय सदस्य सुशील ओखेडाले संयुक्त रूपमा जानकारी दिँदै यस कार्यक्रमलाई ऐतिहासिक र निर्णायक मोडको रुपमा लिइएको उल्लेख गरेका छन्।

 

उनीहरूका अनुसार, “यो अभियान केवल एक सभा होइन, यो इतिहास बदल्ने संघर्षको सुरुवात हो।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.