News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

चक्काजाम फिर्ता, राइडसेयरिङसम्बन्धी नियमावली स्थगन गरिने

User Photo
मङ्लबार, जेष्ठ २१, २०८२
काठमाण्डौ ।

 

कञ्चनपुर: जेठ २० — सार्वजनिक यातायात व्यवसायीहरुले घोषणा गरेको देशव्यापी चक्काजाम कार्यक्रम फिर्ता लिने भएका छन्। गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङसम्बन्धी नियमावली स्थगन गर्न संघीय सरकार तयार भएपछि चक्काजामको कार्यक्रम फिर्ता लिने सहमति भएको हो।

सोमबार राति सरकारी वार्ता टोली र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको तेस्रो चरणको वार्तामा यस्तो सहमति जुटेको हो। महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले प्रधानमन्त्री कार्यालयमार्फत् गण्डकी प्रदेश सरकारलाई नियमावली स्थगनका लागि पत्राचार गरिने भएपछि आफूहरूले चक्काजाम फिर्ता लिने बताएका छन्।

सहमति अनुसार कार्यदलले सहमतिका विषय संकलन गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्ने, मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सिफारिस गर्ने र प्रधानमन्त्री कार्यालयले प्रदेश सरकारलाई पत्र पठाउनेछ।

सरकारी वार्ता टोलीका संयोजक तथा मन्त्रालयका सहसचिव कृष्ण पन्थका अनुसार मंगलबार कार्यालय खुलेलगत्तै पत्राचार प्रक्रिया अघि बढ्ने र आन्दोलन पनि अन्त्य हुने विश्वास गरिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.