एकेद्र सिंह धामी: दार्चुला, मालिकार्जुन–४ धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको हुनैनाथ मन्दिरको गब्युर (मुख्य पूजा थलो) अब प्यागोडा शैलीमा पुनर्निर्माण गरिने भएको छ। संघीय सरकारबाट यसको लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
दार्चुलाको ओइतालेकस्थित श्री हुनैनाथ मन्दिरको पुनर्निर्माण कार्य चन्द्रोदय जे.भी निर्माण कम्पनीले लिएको छ। स्थानीय बासिन्दा, देवता सेवा समितिका कारिन्दा तथा सरोकारवालाको सहकार्यमा पुरानो गब्युर भत्काइ नयाँ संरचना निर्माणको काम सुरु गरिएको हो।
वडा नं. ४ का सदस्य वीर सिंह धामीका अनुसार, मन्दिर क्षेत्रको धार्मिक महत्वलाई ध्यानमा राख्दै बजेट सुनिश्चित गरिएको हो। पुनर्निर्माणपछि मन्दिर क्षेत्र धार्मिक पर्यटनको सम्भावनाको केन्द्र बन्ने अपेक्षा गरिएको छ।
सहयोगी सबै मनहरूलाई हुनैनाथ स्वामीको कृपा सदा रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

