News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

स्थानीय तहमा राजनीति हाबी: कार्यपालिका बैठकमै अपमानित जनप्रतिनिधि

User Photo
आइतवार, असार ८, २०८२
काठमाण्डौ ।

विरेन्द्र बाग, कञ्चनपुर – असार ८ भीमदत्त नगरपालिकाको १२औँ कार्यपालिका बैठकमा राजनीतिक ध्रुवीकरण र आन्तरिक टकरावले चरम रूप लिएको छ। बैठकमा भीमदत्त–१८ का वडाध्यक्ष रविन्द्र प्रसाद देवकोटा बैठकमै अपमानित भएको आरोप सार्वजनिक भएको छ, जसले स्थानीय तहमा दलगत पूर्वाग्रह र विभेदको गन्ध झनै बलियो बनाएको छ।

वडाध्यक्ष देवकोटाले पूर्वाधार विकास अन्तर्गत खैरभट्टी–सिचाइ क्याटर–निकुञ्ज मार्ग र निम्बुखेडाको शिव–पार्वती टोल सडक कालोपत्रे योजनाका लागि बजेट माग गरेका थिए। तर, बैठकमै भीमदत्त–११ का वडाध्यक्ष प्रकाश थापा आक्रोशित हुँदै योजनाको विरोध मात्र नगरी धम्कीपूर्ण व्यवहार देखाएको उनको आरोप छ।

> “जनताको मागअनुसार योजना राख्दा ममाथि बैठकमै दुर्व्यवहार भयो। उहाँ (थापा) ले भने, ‘देखाइदिन्छु’ भनेर धम्क्याउँदै बाहिरिनुभयो। यस्तो असुरक्षित वातावरणमा कसरी बैठक बस्ने?” — वडाध्यक्ष देवकोटा

 

घटनाप्रति मेयर पदम बोगटी र उपमेयर निलम जोशी लेखक मौन दर्शक बनेको भन्दै थप असन्तोष व्यक्त भएको छ। उल्टै उपमेयर जोशीले आफूलाई योजना तर्जुमा बैठकमा नबोलाइएको भन्दै देवकोटामाथि टिप्पणी गरेको प्रसंग समेत बैठकमा उठेको छ।

वडाध्यक्ष देवकोटा नेकपा एमालेबाट निर्वाचित हुन् भने प्रकाश थापा नेपाली कांग्रेसबाट। अहिले एमाले नगरमा प्रतिपक्षमा छ, र कांग्रेस बहुमतमा रहेको अवस्थामा यस्तो राजनीतिक कटुताले स्थानीय तहको कार्यक्षमता र निष्पक्षतामै प्रश्न उठाएको छ।

विगतमा पनि वडागत विभेदको आरोप लगाउँदै देवकोटाले नगरसभामा आवाज उठाउँदै आएका थिए। यसले विगतदेखि चल्दै आएको दलगत वर्चस्वको प्रवृत्तिलाई झन् पुष्टि गरेको देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.