News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

वाल ज्योति मावि: एसईईमा पाँच विद्यार्थी उत्तीर्ण, के भन्छ विद्यालय परिवार !

User Photo
बुधबार, असार १८, २०८२
काठमाण्डौ ।

 

सन्तोष धानुक:कञ्चनपुर — बेदकोट नगरपालिका–४ मा अवस्थित श्री वाल ज्योति माध्यमिक विद्यालयबाट ०८१ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका २२ जना विद्यार्थीमध्ये ५ जना उत्तीर्ण भएका छन्।

 

विद्यालयका प्राध्यानाध्यापक नारायण चन्दका अनुसार, सान्ती साउद र सोनु ओडले २.६७ ग्रेड प्वाइन्ट एभरेज ल्याएका छन्।२०८० सालको नतिजा हेर्दा शून्यमा झरेको थियो।०८० भन्दा ०८१ को नतिजा राम्रो आउदा यति बेला विद्यालय परिवार खुसी भएको छ भने । यो वर्षको सुधारलाई सकारात्मक परिवर्तनको संकेतका रूपमा लिइएको छ।

 

प्रधानाध्यापक चन्दले जानकारी दिए अनुसार, अनुत्तीर्ण भएका अधिकांश विद्यार्थीहरू गणित, विज्ञान र अर्थशास्त्र विषयमा बढि असफल भएका छन्। विद्यालय प्रशासनले आगामी वर्षका लागि गुणस्तरीय शिक्षामा थप ध्यान दिने जानाकारी दिनु भएको छ।

 

गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई नतिजाको तथ्याङ्क अनुसार देश भरिकै नतिजा ८० भन्दा ८१ को नतिजा राम्रो आएको थियो । भने कंचनपुर जिल्लाभरीको नतिजा हेर्दा यो वर्ष सन्तोषजनक नआएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.