News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

बनराका २८ सुकुम्बासी परिवारलाई त्रिपाल वितरण

User Photo
सोमवार, असार २३, २०८२
काठमाण्डौ ।

विरेन्द्र बाग:कञ्चनपुर — भीषण वर्षाका बेला बसोबासमा समस्या भोगिरहेका शुक्लाफाँटा नगरपालिका–११, बनराका २८ सुकुम्बासी परिवारलाई त्रिपाल वितरण गरिएको छ।

हातेमालो समाज नेपालको आर्थिक सहयोगमा, शुक्लाफाँटा नगरपालिका–११ का वडा अध्यक्ष शेर बहादुर साउदको अगुवाईमा, इलाका प्रहरी कार्यालय झलारी र राष्ट्रिय भूमिअधिकार मञ्चको समन्वय तथा सहकार्यमा त्रिपाल वितरण कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमको अध्यक्षता सिगास भूमि अधिकार मञ्चका अध्यक्ष दल बहादुर बोहराले गर्नुभयो भने कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष शेर बहादुर साउद हुनुहुन्थ्यो।

विशिष्ट अतिथिका रूपमा ईप्रका झलारीका प्रहरी निरीक्षक राजेश बस्नेत, राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका सुदूरपश्चिम प्रदेश सचिव राम बहादुर चुनारा, तथा वडा सचिव नारायणदत्त जोशीको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन राम बहादुर चुनाराले गर्नुभएको थियो।

वडा अध्यक्ष साउदले कार्यक्रममा बोल्दै भन्नुभयो, “२०६२ सालदेखि जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका सुकुम्बासी परिवारलाई यो बर्षातको समयमा सुरक्षित बस्न त्रिपाल वितरण गरिएको हो। आगामी दिनमा पनि यस्ता सहयोग, समन्वय र व्यवस्थापनका कार्यक्रम अघि बढाइनेछन्।”

कार्यक्रममा बोल्दै सुकुम्बासी प्रतिनिधि दल बहादुर बोहराले त्रिपाल वितरणले उनीहरूलाई ठूलो राहत मिलेको बताए। “हाम्रो छाना चुहिने समस्यालाई कम गरेर बालबालिकासहित सुरक्षित बस्न सहज बनाइदिनुभएको छ,” उनले भने, “हामी सबै सुकुम्बासी परिवार सबै संस्थाहरूको यो सहयोगका लागि आभारी छौं।”

कार्यक्रमको समापनमा सबै सुकुम्बासी परिवारले हात जोडेर आगामी दिनमा पनि सहयोगको अपिल गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.