राज बोगटी – डोटीको पूर्वीचौकी गाउँपालिकामा माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजामा एकै वडाका दुई विद्यालयको नतिजा शून्य आएको छ। पूर्वीचौकी गाउँपालिका शिक्षा शाखा प्रमुख विनोद भट्टका अनुसार पालिकाभित्र रहेका ८ आठवटा विद्यालयहरूमध्ये दुई विद्यालयको नतिजा शून्य रहेको हो। पूर्वीचौकी गाउँपालिका वडा नं २ मा रहेको भरतोली माध्यमिक विद्यालय र नेत्रेश्वरी माध्यमिक विद्यालय को परीक्षाफल सुन्ने आएको छ । अघिल्लो वर्ष पनि शून्य नतिजा हासिल गरेको थियो। ।
यस वर्ष पूर्वीचौकीबाट २८१ जना परीक्षामा सहभागी भएका थिए। परीक्षामा सहभागी भएका मध्ये १४.९४ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्।
पूर्वीचौकी गाउँपालिका शिक्षा प्रमुख विनोद भट्टले अघिल्लो वर्षको भन्दा केही सुधार आएको बताए। दुवै विद्यालयबाट नतिजा पटक पटक सुन्ने आउँदा स्थानीयहरू दुःख व्यक्त गर्न थालेका छन्।। यसपटक भने शिक्षा क्षेत्रको समग्र सुधारका लागि स्थानीय तह विद्यालय प्रशासन अभिभावक तथा विद्यार्थीबीच थप समन्वय र सक्रियता आवश्यकता देखिएको छ।
माध्यमिक शिक्षा परीक्षा एसइइमा पूर्वीचौकीगाउँपालिकामा रहेका एउटै वडाका दुई विद्यालय को नतिजा सुन्ने आएको छ। त्यस्तै काडामाण्डौं माध्यमिक विद्यालयमा २७ जना सहभागी विद्यार्थीमध्ये एकजना उत्तीर्ण भएको छ। त्यस्तै दुर्गा माध्यमिक विद्यालय को नतिजा पनि उस्तै आएको छ जुन ३० जना सहभागी विद्यार्थीमध्ये एकजना उत्तीर्ण भएको पाएको हो।
२०८१ को एसइमा पूर्वीचौकी गाउँपालिकामा सबैभन्दा राम्रो गुणस्तर ल्याउन सफल साजेन्द्रस्वर माध्यमिक विद्यालय भएको छ। सरस्वती माध्यमिक विद्यालय र शिशु सुधार माध्यमिक विद्यालय मष्ठामाण्डो माध्यमिक विद्यालयले पनि शिक्षामा गुणस्तर वृद्धि गर्दै आएको पाएको छ ।
संस्कृति शिक्षा प्रभाव गर्ने विद्यालयले समेत दोहोरो सुन्ने नतिजा ल्याएको प्रसङ्ग शिक्षा नीतिको पुनरावलोकन र विद्यालय सञ्चालनको अनुगमनमा जोड दिनुपर्ने संकेत हो। विद्यार्थीहरूको गुणस्तरीय शिक्षामा पहुँच सिकाई सुधार शिक्षकको जिम्मेवारी तथा विद्यालय व्यवस्थापनको प्रभावकारीता माथि विशेष ध्यान नदिँदा यस्ता प्रणाम दोहोरिने गर्दछन्। पूर्वीचौकीमा पछिल्लो समय शिक्षामा गुणस्तरीय नहुँदा स्थानीयहरू दुःख व्यक्त गर्न थालेका छन्।
