
विरेन्द्र बाग— प्रतिनिधिसभाको बैठक आज पनि राप्रपा र रास्वपाका सांसदहरूको अवरोधका कारण प्रभावित भयो। यी दुई दलका सांसदहरूले आफ्नो माग पूरा नभएको भन्दै सदन बहिष्कार जारी राखे।
अन्य दलका सांसदहरूको उपस्थिति समेत अत्यन्त न्यून रहेकोले संसद् भवनको दृश्य आज एकप्रकारले सुनसानजस्तै देखिन्थ्यो। अधिकांश कुर्सीहरू खाली रहेका थिए, जसले सदनमा भइरहेको राजनीतिक असन्तोष र असहमतिलाई झल्काउँथ्यो।
पछिल्ला केही दिनदेखि राप्रपा र रास्वपाले सरकारसँग तीव्र असहमति जनाउँदै सदनको कार्यसूची अवरुद्ध गर्दै आएका छन्।
(तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी)

