विरेन्द्र बाग :२५ असार — नेपाली कांग्रेसले आन्तरिक अनुशासन उल्लंघन गरेका आरोपमा पार्टीका डेढ दर्जनभन्दा बढी नेता–कार्यकर्तामाथि कारबाही गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ सालको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको ठहर गर्दै उनीहरूलाई निष्कासन तथा निलम्बन गर्ने निर्णय गरेको हो।
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार पार्टीका उम्मेदवारलाई हराउने नियतले सामाजिक सञ्जाल, अडियो/भिडियो लगायतका माध्यम प्रयोग गरेर असहयोग गर्ने प्रमाणका आधारमा कारबाही गरिएको हो।
निष्कासित नेता
अनुशासन समितिको निर्णयअनुसार निम्न नेताहरूलाई नेपाली कांग्रेसको सदस्यताबाट निष्कासन गरिएको छ:
तुलसी सुब्बा – महासमिति सदस्य, तेह्रथुम
कुमार खड्का – महासमिति सदस्य तथा गण्डकी प्रदेशका पूर्वमन्त्री, कास्की
विक्रम खनाल – महामन्त्री, लुम्बिनी प्रदेश
विष्णुकुमार राई – जिल्ला सभापति, खोटाङ
अरविन्दकुमार गुप्ता – क्षेत्रीय सभापति, पर्सा १
आनन्द यादव – सभापति, लक्ष्मीनीया गाउँपालिका, धनुषा (६ महिनाको निष्कासन)
निलम्बित नेता
पार्टी विधानअनुसार ६ महिनादेखि १ वर्षसम्मको निलम्बन गरिएको नेताहरूमा निम्न व्यक्ति परेका छन्:
खटरु यादव – नगर सभापति, सबैला नगरपालिका, धनुषा
रामबाबु यादव – धनुषाधाम नगरपालिका–१
फुलगेन यादव – मुखियापट्टी मुसहरनिया गाउँपालिका सभापति
भावना श्रेष्ठ – क्षेत्रीय सहसचिव, कास्की–२
भिमबहादुर शाह – महाधिवेशन प्रतिनिधि, धनगढी–२
पूर्णकुमार कुँवर – निवर्तमान जिल्ला सचिव, कैलाली
आनन्दराज जोशी – पूर्व महासमिति सदस्य, धनगढी–१
रविन्द्रप्रताप सिंह – क्षेत्रीय प्रतिनिधि, धनगढी–२
लेखराज ओझा – क्रियाशील सदस्य, धनगढी–२
सुभाष चन्द – क्रियाशील सदस्य, धनगढी–१
बब्लुकुमार चौधरी – पूर्व महाधिवेशन प्रतिनिधि, धनगढी–५
कृष्ण के.सी. – निवर्तमान जिल्ला सभापति, कास्की (३ महिनाको निलम्बन)
विधानअनुसार कारबाही
अनुशासन समितिले नेपाली कांग्रेसको विधान २०७३ (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क), (ख), (घ) बमोजिम कारबाही अघि बढाएको जनाएको छ।
कांग्रेसले अनुशासनको मापदण्ड तोड्नेहरूमाथि कडा कदम चालेको सन्देश दिनेगरी कारबाही गरिएको टिप्पणी गरिएको छ। आगामी निर्वाचनहरूमा आन्तरिक एकता र पार्टी पंक्तिको अनुशासन कायम राख्न यो कदमलाई सन्देशमूलक मानिएको छ।

