सुदूरपश्चिमको विकट जिल्ला अछामका प्रवासी नेपालीहरूलाई एकीकृत गर्दै सामूहिक हितका कार्यक्रम अगाडि बढाउने उद्देश्यका साथ गठन गरिएको अछामी सम्पर्क समिति युएई को पहिलो अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ।
युएईस्थित अछामी समुदायको व्यापक उपस्थितिमा सम्पन्न उक्त अधिवेशनले सर्वसम्मत निर्णयमार्फत नयाँ कार्यसमिति गठन गरेको छ।
संस्थापक : मिट्ठु कुँवर ,संरक्षक : शिवराज तिमिल्सैना ,प्रमुख सल्लाहकार : गणेश राज जोशी सल्लाहकार :भरत ओली , राजेश्वरी शाही ठकुरी ,निर्प बिक, अशोक बो्गटी , रमेश धामी, राजु बिष्ट वरिस्ठ उपाध्यक्ष : लोकेन्द्र खड्का,महिला उपाध्यक्ष :राजेश्वरि बिक उपाध्यक्ष : बमबहादुर कुँवर महासचिव : विनोद लुहार,सचिव : रविन थापा ,सह – सचिव पूर्णिमा बोगटी ,कोषाध्यक्ष : नैन भूल,सह-कोषाध्यक्ष : मेनका खड्का हुन भने सर्वसम्मतीले चयन भएका सदस्यहरु चन्द्र भण्डारी ,हिमाल खड्का, निर्प रेग्मी , कृष्ण खड्का , जितेन्द्र कुँवर धन बहादुर खड्का चयन भएका अध्यक्ष बोगटीले जानकारी दिएको भएको छ।
अधिवेशनले प्रेमबहादुर बोगटी (भीम) को अध्यक्षतामा १६ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो। बोगटीले नेतृत्व सम्हालेको समितिले युएईमा रहेका अछामी समुदायबीच आपसी एकता, सहकार्य, तथा सामाजिक उत्तरदायित्वको भावना मजबुत बनाउने प्रतिबद्धता समेत जानकारी दिनु भएको छ।

