विरेन्द्र बाग: असार २९ कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईको छाउगोठमा सुतिरहेको अवस्थामा सर्पको डसाइबाट मृत्यु भएको छ। महिनावारी भएपछि कच्ची छाउगोठमा सुतेकी कमलालाई शुक्रबार राति करेत सर्पले गर्दनमा डसेको थियो भने उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
तीन सन्तानकी आमा कमलाको मृत्युले परिवार शोकमा डुबेको छ भने भारतमा रहेका श्रीमान् पुरन दमाई फर्किएपछि मात्र अन्त्येष्टि गरिने परीवार स्रोतले जानकारी दिनु भएको छ।
स्थानीय वडाध्यक्ष मोहन बस्नेतले छाउगोठ हटाउने र सचेतना कार्यक्रम गर्दै आएको भए पनि यस्तो घटना हुँदा चिन्तित भएको बताएका छन् । महिला अधिकारकर्मी माया नेगीले मानसिकता नफेरिँदासम्म समस्या नहट्ने बताएकि छिन।
प्रहरी र स्थानीय तहले घटनालाई गम्भीर रूपमा लिँदै अब यस्ता घटना दोहोरिन नदिन पहल गर्ने समेत जानकारी दिनु भएको छ।

