प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटवार्ता भएको छ।
पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमाले भित्र यसको चर्को चर्चा सुरु भएको हो। शनिबार बसेको पोलिटब्युरो बैठकमा अधिकांश सदस्यले भण्डारीजस्तो गरिमामय पदमा बसेकी व्यक्तिले प्रत्यक्ष राजनीति नगर्नुपर्ने धारणा राखेका थिए।
अध्यक्ष ओलीले भण्डारीले पार्टी प्रवेशको घोषणाअघि कुनैपनि औपचारिक छलफल नगरेको बताएका छन्। यस विषयमा आज पार्टी नेतृत्वबीच औपचारिक छलफल भएको हो।
एमालेको केन्द्रीय कमिटी बैठक सोमबारदेखि बस्ने तयारीमा छ।

