News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

स्ववियु निर्वाचनअघि सुदूरपश्चिम विश्वविद्यालयमा विवाद: उम्मेदवारी दर्तामै वादविवाद, प्रक्रिया स्थगित

User Photo
मङ्लबार, साउन ७, २०८२
काठमाण्डौ ।

विरेन्द्र बाग:सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा साउन १४ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीबीच विद्यार्थी संगठनहरूबीच वादविवाद चर्किएको छ। मंगलबार बिहान उम्मेदवारी दर्ता शुरु हुनु केही समयमै अखिल (क्रान्तिकारी) र नेविसंघ कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया केही समयका लागि स्थगित गरिएको हो।

निर्वाचन कार्यतालिका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता हुने भनिए पनि नेविसंघ (नरेश पण्डित समूह) ले उम्मेदवारी दर्ता प्रक्रियामा असहमति जनाएको थियो। उनीहरूले स्वतन्त्र विद्यार्थी समूहले निर्वाचन समितिमा लगाएको तालाबारे वार्ता हुनुपर्ने माग गर्दै उम्मेदवारी दर्ता रोकिनुपर्ने अडान राखेका थिए।

अखिल क्रान्तिकारीका नेता गणेश मिश्रले निर्वाचन प्रक्रियामा बाधा पुर्‍याउन नेविसंघले गैरविद्यार्थीलाई क्याम्पसमा ल्याएर वातावरण विथोलेको आरोप लगाए। “हामी समयमै उम्मेदवारी दर्ताका लागि पुगेका थियौं, तर नेविसंघले विवाद सिर्जना गर्दै प्रक्रिया रोक्ने प्रयास गर्‍यो,” मिश्रले भने।

नेविसंघका नरेश पण्डितले भने “निर्वाचन समितिमा तालाबारे वार्ता नहुँदै दर्ता प्रक्रिया अघि बढाउनु अन्याय हो,” भन्दै थप समय माग गरिएको बताए।

छात्र संगठनबीचको विवादले गर्दा केहीबेरका लागि सूचना जारी गर्दै उम्मेदवारी दर्ता प्रक्रिया स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ। समितिले सबै पक्षलाई संयम अपनाउन आह्वान गर्दै निर्वाचनको मिति र प्रक्रिया यथावत् रहने जानकारी दिएको छ।

सुदूरपश्चिम विश्वविद्यालयमा स्थापना भएदेखि अहिलेसम्म स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकेको छैन। गत वर्ष चैतमा तय भएको निर्वाचन पनि अवरोधकै कारण स्थगित भएको थियो। यसपटकको निर्वाचन पनि अन्योलमा पर्ने हो कि भन्ने चिन्ता विद्यार्थीहरूमा देखिएको छ।

हालसम्म तीन स्वतन्त्र र १० विद्यार्थी संगठनहरूले उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाइसकेका छन्। विद्यार्थीहरूले “चुनाव भाँड्न नपाइने, अबको स्ववियु चुनाव सम्पन्न गरिनुपर्छ” भन्ने अडान राखेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.